३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ?

प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ?
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छटपटी बढ्दो छ । १८ महिनासम्म सरकारको नेतृत्व गरेर अहिले प्रतिपक्षीमा पुगेपछि पनि दाहालले फेरि सत्तामा पुग्ने बाटो मात्र खोजिरहेका छैनन्, सरकारप्रतिको असन्तुष्टि क्यास गर्ने प्रयाससमेत गरिरहेका छन् ।

आफ्नो पार्टीभित्रको विवादसम्म मिलाउन नसकेको भन्दै आलोचना खेप्दै आएका दाहालले सरकारलाई दिनहुँ जसो गाली गर्दै आएका छन् । सरकारको चर्को आलोचना गरिरहेका उनले छायाँ सरकार चलाउन कसरतसमेत गरेका छन् । सरकारले गर्नुपर्ने काम आफैं गर्न अग्रसरतासमेत उनले बढाएका छन् ।

दाहालले बाढी र डुबानपीडित नागरिकको क्षेत्रमा पुगेर आश्वासनसमेत बाँड्न थालेका छन् । उनले मंगलबार मात्र पनि काठमाडौंका बल्खुमा पुगेर स्वयमसेवकहरुको परिचालन गरेका छन् । पीडितको साथमा आफू सधैं रहने प्रतिबद्धता जनाउँदै सरकारले नागरिकको जीवन रक्षा गर्न नसकेको आरोप लगाए ।

शुक्रबार र शनिबारको भारी वर्षासँगै आएको बाढी, पहिरो र डुवानका कारण देश अस्तव्यस्त भएका बेला उनले सर्वदलीय बैठक नै आह्वान गरे । जुन प्रमुख प्रतिपक्षी दलको नेताले भने सरकारले नै गर्नुपर्ने थियो । दाहालले सर्वदलीय बैठक बोलाएको सार्वजनिक भएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारका तर्फबाट सर्वदलीय बैठक बोलाए । दाहालले सर्वदलीय बैठक बोलाउन चासो देखाउनु आफैंमा रोचक थियो । तर पछि कार्यवाहक प्रधानमन्त्रीले नै बैठक बोलाएपछि दाहालले आफ्नो बैठक स्थगित गरे ।

बाढी, पहिरो र डुवान पीडितका समस्याका बारेमा छलफल गर्न भन्दै दाहालले सर्वदलीय बैठक बोलाउनुलाई छायाँ सरकारको कसरत हुनसक्ने बुझाइ कतिपयको छ । दाहालले बैठक आह्वान गर्नुअघिसम्म सरकारले त्यसबारे सोच्दै सोचेको थिएन । जब उनले बैठक बोलाए अनि हतारहतार सरकारले बैठक आह्वान गर्‍यो । दाहालको कदमले सरकारलाई दबाब बढाएको देखिएको छ ।

त्यसो त दाहालको दल नेकपा माओवादी केन्द्रले सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनका क्षति भएको निष्कर्ष निकालिसकेको छ । उसले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क नै राख्ने निर्णयसमेत गरेको छ । क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्पडेक्स राखिने छ ।

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पंक्तिलाई राहत र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुन:स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ ।

विपद्बाट भएको क्षतिको विवरण संकलन गर्ने दायित्व सरकारको हो । तर यसमा पनि माओवादी केन्द्रले सक्रियता बढाएर छाया सरकारको कसरत गरेको हो । विपद्मा परेका नागरिकको सहानुभूति बटुल्ने नियतसमेत माओवादी केन्द्रको देखिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले बाढीमा परेर बग्दै गरेकाहरुको उद्धार गर्नेहरुलाई सम्मान गरेको छ । शनिबार ललितपुरको नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई दाहालले आफ्नै निवासमा बोलाएर सम्मान गरेका हुन् । तामाङले शनिबार बिहान ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू बगेका थिए । दाहालले सम्मान गरिरहँदा सरकारले भने चासो नै दिएका थिएन । तर त्यसलगत्तै कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले पनि तामाङलाई बोलाएर औपचारिकता निर्वाह गरे ।

यसरी दाहालले सरकारलाई दबाबमा पार्दै जनताको मन जित्ने प्रयास गरेको देखिन्छ । यो उनले आफ्नो दायित्व बोध गरेका हुन् या छायाँ सरकारको कसरत ? यस विषयमा उनका आगामी दिनमा हुने कदम र रणनीतिबाट पक्कै पनि देखिने छ ।