१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सा नेपालले आठौं वार्षिकोत्सव मनायो



अ+ अ-

काठमाडौं । बार्सा नेपालले स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ। आइतबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सन् २०१४ मा स्थापना भएको बार्सा नेपालले वार्षिकोत्सव मनाएको हो।

पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा क्लबले बिगतमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा भई आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष प्रकाश घर्तीले कोरोनाभाइरसको महामारीको कारण फ्यान्स ग्यादरिङ्ग नियमित रुपमा गर्न नसकेको भन्दै अब यस कार्यले निरन्तरता पाउने जानकारी दिए।

बार्सा नेपाल स्पेनिस फुटबल क्लब बार्सिलोनाको समर्थकहरुको समूह हो। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस क्लबले बार्सिलोना तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा बिभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ भने क्लबको फुटबल टिमले बिभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।