१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन (भिडियो)

अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन (भिडियो)
अ अ+ अ-

काठमाडौं । संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरुको कोर्ष पूरा गरिदिनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरु पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन निर्देशन दिनु भयो । सभापति घर्तीले नेपालमा कानून आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले कलेजले कानूनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो ।

समिति सभापति घर्तीले भन्नुभयो, ‘विद्यार्थीहरुलाई अतिरिक्त क्लास को व्यवस्था गरेर छुटेको कोर्ष पूरा गराउनु पर्छ । तीन महिना पढाउनु पर्छ भन्ने शर्तबाट अघि बढ्नुभयो भने बच्चाबच्ची पढ्ने स्थिति होला । कतिपय तर्क यस्तो आइरहेको छ कि, आफू पढ्नै नचाहेर, जानै नचाहेको भन्ने तर्क पनि हिजोदेखि मैले सुनिरहेको छु । बच्चाबच्ची त्यहाँ पढ्न नसक्ने वातावरण कसरी सिर्जना भयो, भन्ने कुरा, अतिरिक्त फी लियो । होस्टेल अनिवार्य बनाइदियो । यो कारणले गर्दा उनीहरुलाई टर्चर भयो । त्यसकारण उनीहरु यो हदसम्म आइपुगे । यो हदसम्म आउने परिस्थिति सिर्जना भनेको गलत कुरा हो । कलेजले पनि आफ्नो कानूनलाई हातमा लिएर गलत ढंगले अघि बढ्नेकुरा सुधार्नुपर्छ ।

नेपालमा एउटा के छ भने अरु पनि छन् यस्ता । कानून आफ्नो हातमा लिने आफ्नो स्वार्थ पूरा गर्ने यस्तो खालको जुन ट्रेन नेपालमा बसेको छ, यो अन्त्य गर्नको लागि हामी एउटा इक्ज्याम्पलको लागि यो कलेजबाट शुरुवात गर्न सक्छौँ । पहल गर्ने कुरालाई तत्काल हल गर्नेगरी अघि बढ्नुस् । यदी यी शर्तहरु मानेनन् भने यी कुरा कलेजले स्वीकार्न मानेन भने पढ्न त दिनुप¥यो नि । त्यसकारण अन्यत्र भएपनि व्यवस्था गरेर त्यसलाई छिटो भन्दा छिटो उनीहरुको पढाई शुरु गर्ने वातावरण सिर्जना गरोस् भन्ने म शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगलाई समितिको तर्फबाट निर्देशन दिन चाहन्छु । अटेरी गरेको भन्ने हामीले सुनिरहेका छौँ । तपाईहरु कानूनअनुसार जानुस् । हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौँ, त्यो ऐन अनुसार अघि बढ्नुहोस् । हामी मन्त्रालयलाई पनि निर्देशन पठाउँछौँ । जसरी हुन्छ बच्चाबच्चीलाई तत्काल, एक हप्ताभित्र पढ्न पाउने व्यवस्था गरिदिनुपर्छ ।’

सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनु पर्ने बताउनु भयो ।