३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ ।राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो । 

विभागले चार जनाविरुद्ध रु चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ । 

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ ।विभागले बख्रेल र पन्तसँग  जनही रु एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग रु एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग रु सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।