१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्बोच्चमा गेटभित्र र बाहिर प्रदर्शन, सुरक्षाकर्मीको संख्या बढाईयो (भिडियो सहित)



अ+ अ-

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई हटाउन सर्बोच्च अदालत भित्र नेपाल बार एसोसिएसनको अगुवाईमा प्रदर्शन भै रहदा अदालत बाहिर भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएको छ ।

बिहिबार देखी नै सर्बोच्च अदालत भित्र नै प्रदर्शन गर्दे आएको बारले  शुक्रबारबाट भने प्रधानन्यायधीश राणालाई अदालत नै प्रबेश गर्न नदिने भन्दै मुल ढोकामा नै शक्ति प्रदर्शन गर्दे आएको छ ।  उता बारको कदमको बिरोध गर्दे केही कानूनव्यवसायी र नागरिक समाजका नाममा प्रर्दशन  पनि भै रहेको छ ।

सर्बोच्चको भित्र र बाहिर नै प्रदर्शन हुन थालेपछि अदालतमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। प्रधानन्यायधीश राणाको पक्षमा प्रदर्शन गर्ने समुहका केहीलाई भने प्रहरीले पक्राउ गरेको छ ।