१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । 

ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर–गहनाको होलसेल कारोबार गरी बस्ने भारतीय नागरिक अमित कुमार अग्रवाल समेतका व्यक्तिहरुले राजस्व छली गैरकानूनी रुपमा हुण्डी मार्फत वित्तिय कारोबार  गर्दै आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा २४ वर्षीय बिक्की खड्गी र भारतीय नागरिक ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन् । 

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन – ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।