• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

बन्दमा बस चलाएको भन्दै विप्लव कार्यकर्ताहरुले गरे साझा यातायातको बसमा तोडफोड



ललितपुर । नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताहरुले ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै साझा यातायातको बसमा तोडफोड गरेका छन् । बन्दको दिनमा पनि बस चलाएको भन्दै मंगलबार बिहान बा ५ख ८७५५ नम्बरको बसमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा भने धेरै ठुलो क्षति नपुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

प्रहरीले आजविभिन्न स्थानबाट बन्द गरोँदै हिँडेका विप्लव कार्यकर्ताहरुलाई पक्राउ पनि गरेको छ । पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।