१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको हुने

स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको हुने
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ । 

सोमवार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिनुभयो । 

उहाँले मतदाता नामावली अद्यावधिक दाबी बिरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन निवेदन दिने, झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने निर्णय भएको पनि बताउनु भयो । उहाँले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको र उक्त सामग्रीहरु मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो सामग्री तथा भिडियो सामग्रीमा उपयोग गर्ने पनि बताउनु भयो ।

सूचना अधिकारी अर्यालले भन्नुभयो, ‘मतदाता नामावली अद्यावधिक दाबी बिरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन निवेदन दिने । कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने । कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने । मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने । उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने जस्ता क्रियाकलापहरु हाल सञ्चालनमा रहेका छन् । यस प्रयोजनका लागि मतदाता नामावली सम्बन्धित पालिकाको गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा हेर्न सकिन्छ । स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरु हरियो एसकेड्यास३०८१ स्पेसक्ट्रम ब्राइट ग्रिन मसिले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ । 

अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुनेछ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन गर्न वरिष्ठ साहित्यकार, गीतकार एवं संगीतकारहरु समेत संलग्न भएको समितिबाट हाल मूल्यांकन भइरहेको छ । जुन रचनाहरु यसपछि मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो सामग्री तथा भिडियो सामग्रीमा उपयोग गर्नेछ । निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु जस्तैः निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको छ ।’

आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।