२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा कतारसामु जितका लागि १ सय ४७ रनको लक्ष्य दिएको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनायो ।

नेपालकी इन्दु वर्माले अर्धशतक समेत पूरा गरिन् । इन्दुले ४५ अर्धशतक पूरा गरेकी हुन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक रहेको छ । 

इन्दुले सर्वाधिक ५५ रनको योगदान दिइन् । उनी रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् । इन्दु नेपालका लागि टि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छिन् । 

यसतै सीता ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् भने सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट हुँदै पेभिलियन फर्किइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् ।