२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको साधारण सभा मध्य पुसमा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ । 

क्यानको आज बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ ।

ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमानविरुद्धको शृंखलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ ।

क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन्  ।

मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आइसिसी प्रतिनिधि रहनेछन् ।

त्यस्तै बैठकले संघको विधानअनुसार ४ वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट संघहरूको अधिवेशन माघ ७, २०७८ भित्र सम्पन्न गर्न सम्बन्धित संघलाई निर्देशनसमेत दिएको छ । साथै बैठकले संघको आर्थिक कार्यविधि पारितसमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय गरेको छ ।