६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी कमाण्ड बनाउने भएको छ ।

दुई दिन चलेर सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले सातै प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड बनाउने भएको हो ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने एक नेताले जानकारी दिए । 

जसका लागि केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ ।

प्रदेश १ को इन्चार्जमा राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।

त्यस्तै, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।