१० असार २०८३, बुधबार
,
Latest
कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट सुरु हुँदै ‘ए’ डिभिजन लिग, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्ने



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (शुक्रबार)बाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल ४ः४५ बजे सुरु हुनेछ । 

दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।

सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । 'बी' लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।

यता लामो समयबाट लिग खेल्दै आएको फ्रेन्ड्सले  उपाधि जित्न सकेको छैन ।

कुल ९१ खेल हुने लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक लिगको पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

यसअघिको सिजनमा मछिन्द्र क्लब च्याम्पियन बनेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउनेछ भने उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउनेछ । लिगको मुख्य प्रायोजकको रुपमा कतार एरवेज रहेको छ ।