१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा बस्ने



file
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ । 

बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिनुभयो । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ । 

बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ ।उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो ।