१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेन युद्धः मस्कोद्वारा मङ्गलबारका लागि नयाँ युद्धविराम घोषणा



अ+ अ-

रुसले युक्रेनीहरुको बहिर्गमनका लागि नयाँ प्रस्ताव अघि सारेको छ । प्रस्तावअनुसार युक्रेनीहरुले जुन स्थान खाली गर्न चाहेको हो छनोट गर्न सक्नेछन् ।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले युक्रेनका द्वन्द्व क्षेत्रहरू उनीहरूले रोजेको दिशामा छोड्न नागरिकहरूलाई सुरक्षित मार्गको लागि आह्वान गर्दा यस्तो प्रस्तावआएको हो।

युक्रेनको सेनाले रुसका मेजर जनरल भिटाली गेरासिमोभ पूर्वी सहर खार्किभ वरपरको लडाइँमा मारिएको बताएको छ। मस्कोले यसबारेमा कुनै टिप्पणी गरेको छैन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा सिपाहीहरू प्रयोग नगर्ने र अतिरिक्त रिजर्भिस्टहरू बोलाउन नहुने बताएका छन्।

यदि पश्चिमले रुसी ऊर्जा आयातमा प्रतिबन्ध लगायो भने क्रेमलिनले ‘विपत्तिजनक नतिजा’ को चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घले रूसको आक्रमणले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा छिटो बढ्दो शरणार्थी सङ्कट निम्त्याएको बताएको छ। द्वन्द्वका कारण १७ लाखभन्दा बढी मानिस पलायन भएका छन् । एजेन्सी