१८ भाद्र २०८३, बिहीबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेन युद्धः मस्कोद्वारा मङ्गलबारका लागि नयाँ युद्धविराम घोषणा



अ+ अ-

रुसले युक्रेनीहरुको बहिर्गमनका लागि नयाँ प्रस्ताव अघि सारेको छ । प्रस्तावअनुसार युक्रेनीहरुले जुन स्थान खाली गर्न चाहेको हो छनोट गर्न सक्नेछन् ।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले युक्रेनका द्वन्द्व क्षेत्रहरू उनीहरूले रोजेको दिशामा छोड्न नागरिकहरूलाई सुरक्षित मार्गको लागि आह्वान गर्दा यस्तो प्रस्तावआएको हो।

युक्रेनको सेनाले रुसका मेजर जनरल भिटाली गेरासिमोभ पूर्वी सहर खार्किभ वरपरको लडाइँमा मारिएको बताएको छ। मस्कोले यसबारेमा कुनै टिप्पणी गरेको छैन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा सिपाहीहरू प्रयोग नगर्ने र अतिरिक्त रिजर्भिस्टहरू बोलाउन नहुने बताएका छन्।

यदि पश्चिमले रुसी ऊर्जा आयातमा प्रतिबन्ध लगायो भने क्रेमलिनले ‘विपत्तिजनक नतिजा’ को चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घले रूसको आक्रमणले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा छिटो बढ्दो शरणार्थी सङ्कट निम्त्याएको बताएको छ। द्वन्द्वका कारण १७ लाखभन्दा बढी मानिस पलायन भएका छन् । एजेन्सी