५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवामा हारेपछि आफ्नै अपहरणको नाटक



अ+ अ-

जुवामा पैसा हारेपछि एक व्यक्तिले आफू अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् । चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका ३४ वर्षीय धर्मराज वलीले आफू अपहरणमा परेको भन्दै श्रीमतसिँग ५० लाख फिरौती मागेको आजको नयाँ पत्रिकामा खबर छ ।

उनको नाटक पत्ता लगाएपछि वलीलाई प्रहरीले थुनामा राखेको छ ।

प्रहरीका अनुसार वलीले केही दिनअघि जुवामा करिब तीन लाख रुपैयाँ हारेका थिए । पैसा हारेपछि तनावमा परेका उनले आफन्तबाट पैसा उठाउन खोजेका हुन् । सालो अस्ट्रेलियामा रहेकाले अपहरणमा परेको भनेपछि पैसा पठाइदिने विश्वासमा उनले आफू अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरेका हुन् । शुक्रबार दिउँसो एक बजे उनले आफूलाई चार व्यक्तिले अपहरण गरेको भन्दै श्रीमतीलाई फोन गरेका थिए ।

५० लाख नदिए आफूलाई मारिदिने धम्की दिएको भन्दै नाटक गरेका थिए । पछि अहिलेलाई खातामा ५ लाख रुपैयाँ हालिदिए छोडिदिने बताएका थिए । श्रीमतीले इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा पैसा हालिदिएको बताएपछि उनी आफैं लिन गएका थिए । त्यसक्रममा वली पक्राउ परेका हुन् ।