२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.03

Humidity: 82

Latest
सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना राजस्व छलि आरोपमा मुद्दा दायर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घट्यो रवि विरुद्धको मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न अदालतको आदेश ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनकामना मन्दिरको जीर्णोद्धार सुरू; आठ करोड ५० लाख लाग्ने अनुमान



अ+ अ-

बसन्त पराजुली
मनकामना । मनकामना मन्दिरको जीर्णोद्धार सुरू भएको छ । मनकामना क्षेत्र विकास समितिले मन्दिर जीर्णोद्धारका लागि आर्थिक जोहो गर्नेदेखि आवश्यक सामानहरु संकलन गर्ने काम सुरू गरेको छ ।

समितिका अध्यक्ष दिनेश जोशीले दसैँपछि मन्दिर भत्काएर जीर्णोद्धार सुरू गरिने जानकारी दिनुभयो । ‘अहिले जीर्णोद्धारका लागि चाहिने आवश्यक वस्तुहरु संकलन गर्दैछाँै’ अध्यक्ष जोशीले चितवन पोष्टलाई भन्नुभयो, ‘अहिले सामान जुटाउने कार्य भइरहेको छ ।’

मन्दिर जीर्णोद्धारका लागि  हेटांैडाबाट काठ आयात सुरू गरिएको छ भने अन्य इट्टा चाँदी सुनलगायतका वस्तुहरु खरिद प्रकृया सुरू भइसकेको पनि उहाँले जानकारी दिनुभयो । ‘मन्दिरमा तामाको गजुरमा सुनको लेप लगाइने गरी तयारी सुरू भएको छ’, अध्यक्ष जोशीले भन्नुभयो ।

क्षेत्रविकास समितिले मन्दिर जीर्णोद्धारका लागि जीर्णोद्धार समिति नै बनाएर अगाडि बढेको छ । स्थानीय बासिन्दा तथा संघसंस्थाको समेत सहभागिता रहने गरी सरकारी निकायका प्रतिनिधिहरुलाई समावेश गरेर सो समिति बनाइएको हो । जीर्णोद्धार समितिमा सरकारी गैरसरकारी र व्यवसायीहरु सहभागी छन् । पब्लिक प्राइभेट पार्टनर सिपबाट मन्दिर जीर्णोद्धार गर्न लागिएको बताइएको छ ।

दसैँपछि मन्दिर भत्काएर जीर्णोद्धार गर्ने तयारी गरिएको छ । ‘मन्दिर नै भत्काएर जीर्णोद्धारको काम चाहिँ दसँैपछि हुन्छ’ जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भन्नुभयो । मन्दिर जीर्णोद्धारका लागि समितिले पुरातात्विक विभागका दुई इन्जिनियरको सहभागितामा काठ विशेषज्ञलाई राखेर प्राविधिक टोली बनाई सकिएको छ । मन्दिरका लागि आवश्यक पाँच किलो सुन किनिएको छ भने तामाको पाता, इट्टा र सूर्की चुनको पनि खरिद प्रकृया सुरू गरिएको छ ।

१९९० सालको भुइँचालोले दई इन्च कोल्टाएको मनकामना मन्दिर त्यसपछिका विभिन्न भूकम्प तथा पहिरोका कारणले अहिले झण्डै नौ इन्च कोल्टिएको छ । कुनै पनि बेला मन्दिर भत्कन सक्ने कुरालाई मध्यनजर गरेर यसको जीर्णोद्धारको काम सुरू गरिएको हो ।

मन्दिर जीर्णोद्धारका लागि आठ करोड ५० लाख रूपैयाँ अनुमानित लागत लाग्ने अनुमान समितिको छ । जसका लागि बजेटको जोहो गर्ने काम पनि सुरू भइसकेको छ । जसमध्ये सरकारका विभिन्न मातहतबाट ६ करोड रूपैयाँ उपलब्ध भइसकेको छ भने बाँकी दुई करोड ५० लाख रूपैयाँ पनि भक्तजनबाट संकलन गर्ने कार्य सुरू भइसकेको छ ।

क्षेत्र विकास समितिले दिएको जानकारीअनुसार डा. बाबुराम भट्टराईको सरकारले एक करोड रुपैयाँ, अहिले अर्थमन्त्रालयले तीन करोड र संस्कृति मन्त्रालयले दुई करोड २५ लाख रूपैयाँ सहयोग गरी सकेको छ । अहिलेसम्म स्थानीय दाताहरुबाट दुई करोड रूपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ । अध्यक्ष जोशी बाँकी रकम पनि सजिलै दाताहरुबाट उठ्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

‘मन्दिरको जीर्णोद्धारका लागि करिव पैसा उठेको छ अब काम सुरू गर्छाै’, उहाँले भन्नुभयो । यसरी जीर्णोद्धार गर्न लागिएको यो मन्दिरको मौलिकता बिग्रने हो कि भन्ने चिन्तामा भक्तजन देखिन्छन् काठमाडाँैबाट मनकामना मन्दिर दर्शनका लागि आएका रामप्रसाद खतिवडा मन्दिर बनाउनु राम्रो भए पनि मौलिकता हराउन नहुने बताउनुहुन्छ ।

‘मन्दिरको जीर्णोद्धार गरिँदै गर्दा यसको मौलिकता हराउनु हँुदैन’, उहाँले भन्नुभयो । तर मन्दिरको मौलिकता नबिग्रिने गरी जीर्णोद्धार अगाडि बढाउने तयारी भइरहेको छ । जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ भन्नुहुन्छ, ‘मन्दिरको मौलिकता बिग्रने छैन । मौलिकता नबिग्रिने गरी प्रक्रिया अगाडि बढाइएको छ ।’

पूजा नरोकिने
मनकामना मन्दिर जीर्णोद्धार गरिँदा मन्दिरको नियमित पूजा नरोकिने भएको छ । निर्माण कार्य गर्दैगर्दा पूजा नरोकिने गरी कार्य गरिन लागिएको हो । ‘पूजा नरोकिने गरी निर्माण काम हुन्छ’, पुजारी इनसान थापाले भन्नुभयो, ‘सकेसम्म निर्माण कार्य गरिँदा भक्तजनलाई प्रभाव नपर्ने गरी गर्ने छाँै ।’

जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ पनि रातिमा काम गरेर दिउँसो पूजा प्रभावित नगर्ने बताउनुहुन्छ । ‘पहिलो तला रातिमै काम गर्ने छौँ’, उहाँले भन्नुभयो ।

चितवन पोष्ट बाट