३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारद्वारा सूचना विभागविरुद्ध आन्दोलनको चेतावनी



अ+ अ-

हेटौडा । पत्रपत्रिका र पत्रकारहरुको हितमा स्थापना गरिएको सूचना विभाग साना पत्रपत्रिका बन्द गराउने षडयन्त्रमा लागेको भन्दै मकवानपुरका पत्रकारहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार महासंघ मकवानपुर शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई बुधबार क्रन्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज न्यौपाने र जिल्ला अध्यक्ष तिलक अधिकारीले संयु्क्त रुपमा पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै उल्लेखित माग तत्काल पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

सूचना विभागले साना पत्रपत्रिकालाई जबरजस्ती, भ्याट नियमावली विपरित अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने भन्दै उर्दी जारी गरेर पत्रिका नै बन्द गराउने षडयन्त्र गरेको, बजेट भाषणमा घोषणा गरिएको लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत बृद्धि लागू गर्न आनाकानी गरेको, लोककल्याणकारी विज्ञापनको भुक्तानीमा अग्रिम आयकरको रुपमा १५ प्रतिशत कर कट्टी गरेर साना पत्रपत्रिकालाई दुःख दिएको भन्दै क्रान्त्किारी पत्रकार महासंघले विरोध जनाएको छ ।

त्यसैगरी, ज्ञापन पत्रमा पत्रकारहरुको विमा गरिनुपर्ने, २० वर्ष पत्रकारिता गरेकालाई निश्चित भत्ताको व्यवस्था गरिनुपर्ने तथा श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले पत्रकारहरुको मागलाई गम्भीर रुपमा लिँदै तत्काल माथिल्लो निकायमा पठाउने बताउनुभयो ।