३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको बन्द अबज्ञा÷माओवादीद्धारा बसमा आगजनी



अ+ अ-

बैद्य माओवादीले गरेको बन्दको दोलखा र काभ्रेका स्थानीयले प्रतिकार गरेका छन् । बन्दले दैनिक कामकाजमा नै असर गरेको भन्दै दोलखा सदरमुकाम चरिकोटका स्थानिय व्यापारीले बन्दको अबज्ञा गर्दै बजार, पसल खोलेका हुन् ।

पसल खोलेका व्यापारी र बन्दकर्ताबिच दोहोरो झडप समेत भएको थियो । दुई पक्षबीच तनाव भएपछि प्रहरीले माओवादी जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै काभ्रेको धुलिखेलमा पनि स्थानियले बन्दको अबज्ञा गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले धुलिखेलमा यात्रुबाहक बसमा आगजनी गरेका छन् । काठमाडौबाट मेलम्चीका लागि छुटेको बा २ ख ५६ ७२ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेका हुन् । बसमा लागेको आगो नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

काभ्रेको बनेपामा बनेपामा बिहान पनि स्थानीयबासी र बन्दकर्ताबीच झडप भएको छ । स्थानीय टेलिभिजनमा कार्यरत देवराम केसीमाथि बन्दकर्ताले आक्रमण गरेका छन् । केसीको आँखामा चोट लागेको छ । बन्दकर्ताहरुले केसी चढेको मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

यथास्थितिमा मंसिर ४ को निर्वाचन बहिष्कार र गोलमेच सम्मेलनको माग गर्दै नेकपा–माओवादी नेतृत्वको मोर्चाले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आज ताम्सालिङ राज्यसमिति अन्तरगतका जिल्ला बन्द आह्वान गरेको छ ।