४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि

संक्रमण कालको अन्त्यको निम्ति परिवर्तनकारि शक्ति बीच ध्रुवीकरण आवश्यक छ ।

संक्रमण कालको अन्त्यको निम्ति परिवर्तनकारि शक्ति बीच ध्रुवीकरण आवश्यक छ ।
अ+ अ-

नेपालको राष्ट्रिय राजनीति तरंगित छ, संक्रमणकालबाट गुजिरहेको छ । संविधान सभाको चुनाव नभए सम्म र संविधान नवने सम्म यो अवस्था रहि रहन्छ । २०५२ सालबाट शुरु भएको जनयुद्ध गहिरदै जादा क्रमशः देशमा राजनीतिक संकट उत्पन्न हुदै गयो , दरवार हत्या काण्ड विरेन्द्रको वंश नाश ज्ञानेन्द्रको सत्ता हत्याउने प्रपञ्च पश्चात खासगरी जन्म जात संवैधानिक राजतत्रको सिद्धान्त बोकेको नेपालीको ग्रेस र कम्युनिष्ट भएर पनि संवैधानिक राजतन्त्रको गोल चक्करमा फस्दै आएको एमाले झस्किए । जनयुद्धको एक र तपाले देश अगाडी बढि रहेको थियो । माओवादी पार्टी र यसको नेतृत्व अनेकौ राजनीतिक दाउपेच ठूला ठूला विद्रोहका धक्का बाट अगाडी बढि रहेको अवस्थामा वस्तुगत परिस्थितिले संसदवादी पार्टीहरु र माओवादी पार्टी बीच वार्ता सेवाको प्रक्रिया अगाडी बढ्यो , रोल्पा, सिलिगढी, लखनऊ वार्ता, हुदै डिल्लीमा १२ बुँदे संझौताको निष्कर्ष पश्चात देशमा परिवर्तन पक्षमा ध्रवुी करण भयो । जनयुद्धको वेलामा १९ दिने जन आन्दोलन र हजारौ को वलिदानले वर्षे देखिको सामन्त वादी शत्ता राजतन्त्र अन्त यो नेपालको क्षितिजमा गणतन्त्रको स्थापना भयो । लामो राजनीतिक उथल पुथल पश्चात जनतामा अधिकार स्थापना भयो । यो कुनै चानेचुने कुरा थिएन, राष्ट्र र जनताको निम्ति ठूलो उपलब्धीको विषय थियो ।

२०६२।०६३ को परिवर्तनलाई संस्थागत गर्न संसद पुनस्थापना अन्तरगत संविधानको निर्माण संविधानको सभाको चुनाव, त्यसको असफलता आदि विषय वस्तुका कारण देश अहिले संक्रमण कालिन अवस्था बाट गुज्रिरहेको छ । माओवादी शक्ति परिवर्तनकारी एजेण्डाका साथ अगाडी बढ्न चाहने कंग्रेस यथास्थिति वादको वरिपरि रिङन चाहने, एमाले वैध चरित्र बोक्ने, मधेश वादी दलहरु सत्ता केन्द्रित राजनितिमा रुमलिने यी यावत राजनीतिक अन्तरविरोधलाई सही दिशमा दिन नसक्नु को परिणाम आज देश संक्रमणकाल को पर्खाइ बाट अगाडी बढ्दै छ ।

माओवादी पार्टी र यसको नेतृत्व राष्ट्रिय राजनीतिको केन्द्र भागमा जहिले पनि रहदै आएको छ । जति पनि परिवर्तनका एजेण्डाहरु छन् ती उसले उठान गरेको अरु पछि पछि घिर्सिर्दै घिर्सिरर्दै अगाडी बढि रहेको जग जाहेर छ । गणतन्त्र, संविधान सभा,समावेशीता, धर्म निरपेक्षता, जतिय, विभेद, पिछडा वर्ग क्षेत्र र समुदायको उत्थानका मूद्धामा अग्रगामी छ । परिवर्तनका मुद्धामा अरु पश्चगामी , यथास्थिति वादी छन् । प्रजातन्त्रवादी शक्ति को जलप लगाएर माओवादी शक्तिलाई सर्वसत्तावादी हुनेभो भन्दै उनीहरु यी सव गरि रहेका छन् । तिव्र परिवर्तनको दिशामा देशलाई अगाडी बढाउने शक्ति र यथास्थितिको गोलचक्र बाटै हिडाउने शक्ति बीचको अन्तर विरोध वाट देश अगाडी बढी रहेको छ ।

अर्को तर्फ हिजोको सामन्त वादको अवशेषको रुपमा रहेका शक्ति अहिले कमजोर भए पनि क्रमश टाउको उठाउदै छन् । दाजुको सर्वनास भएर पनि ज्ञानेन्द्र शाह करोडौ खर्च गर्छ । मन्दिर मन्दिर चाहादै स–साना भीड जुटाउदै हिडि रहेका छन् । कमल थापा राजतन्त्र व्यूताउने दाउमा डुलि रहेका छन् । पूर्व पंचको अर्को जमात थोरै रुपान्तर हुदै सुर्य वहादुर थापा, पशुपति शम्सेर राणाको नेतृत्वमा अघि बढेको छ । उनीहरुको मगसड जे सुकै भए पनि यी हिजोका डर वा रीया शक्तिहर कमजोर अवस्था मै छन् । अर्को तर्फ मदेश आन्दोलनबाट अगाडी बढेको फोरम, सद्भावना तमलोपको राजनीति विगत संविधान सभा चुनावमा अनेकौं थिएमा विभक्त भएको छ, एक मदेश एक प्रदेश वाट अहिले पछि हटेको अवस्था छ विखण्डित अवस्थामा उनीहरु विभिन्न ढंगले शक्ति संचय गरि रहेका छन् ।

यसरी हेर्दा नेपालको राष्ट्रिय राजनीतिमा एमाओवादीले नेतृत्व गरेको परिवर्तनकारि शक्ति, प्रथातन्त्रवादी शक्ति को नाममा काँग्रेस चरित्र बोकेको एमोल, मधेशवादी शक्ति, हिजोको सामान्ति चरित्रबाट अघि बढेको पूर्व पँच र दरवारीया शक्ति, अरु मसाल वैद्य समुह लगायत छिटफुट शक्ति बीचको ध्रुवीकरण, टक्कर र अन्तर विरोधको बीचमा देश अघि बढी रहेको वर्तमान संक्रमणकाल लम्बिएको आन्तरिक अवस्था विद्यमान छ ।

अर्कोतर्फ वाध्य शक्ति खासगरि भारत, अमेरीका, युरोपियन युनियन, लगायत शक्ति राष्ट्रहरु संक्रमण कालिन अवस्थाको फाइदा उठाएर, धमिलो पानिमा माछा मार्ने उखान जस्तै अघि बढि रहेका छन् । उनीहरु प्रिवर्तनकारी शक्ति एमाओवादीको विरुद्ध कांग्रेस, एमाले लाई मिलाउने दाउपेचमा लागि रहेका छन् । विदेशी हस्तक्षेप बढी रहेको छ, यो मामलामा खादगरि भारत अगाडी छ । अर्को तर्फ ठूलो शक्ति राष्ट्रको रुपमा अघि बढेको चीन हाम्रो छिमेकी पनि भएको नाताले ऊसले पनि आप्mनो भूमिका वढाएको छ । अरु शक्ति राष्ट्रको भन्दा उसको भूमिका अलि प्रगतिशील छ । नेपालमा परिवर्तनकारी शक्ति बीच ध्रुवी करण होस, एमाले पनि परिवर्तनकारि शक्ति को ध्रुवीकरणमा सामेलहोस भन्ने चाहना उसको रहन सक्तछ । राजनीतिक नेताहरु संगको भेटघाटलाई तिव्रता दिएको छ ।

यी नै अवस्थाहरुका बीचको सक्रमण कालिन अवस्थालाई जति सक्यो छिटो अन्त्य गर्न हुन गइरहेको संविधान सभाको दोश्रो विर्नाचनमा परिवर्तनका पक्षधर शक्तिहरुलाई विजय वनाएर संविधान सभाबाट गतिलो संविधान निर्माण गर्नु नै अहिलेको राजनीतिको अग्राधिकार हो । यसको निमित्त परिवर्तनकारि शक्तिको नेतृत्व गरि रहेको एमाओवाी पार्टीको नेतृत्व कुालताबाटमात्र यो संभव छ ।

अहिले नेपालमा जनताको चेतन निकै अगाडी बढेको छ । जनताको चेतनालाई सही दिशा दिन सक्ने या नसक्ने यो अन्तरविरोधको बीचमा राजनैतिक दलहरु छन् । देश लाई विगत होइन, यथास्थिति होइन वर्तमान र भविष्य चाहिएको छ ।

आखिर देशको वर्तमान र भविष्य को हो त ? यो जनताले निक्यौल गर्न सक्ने चेतना राजनीतिक अभियानमा दिन सक्नु नै अहिलेको प्रमुख कार्यभार हो । देश परिवर्तनको जंगारमा छ, परिवर्तनको संवाहक शक्ति को हो ? जति पनि परिवर्तनका एजेण्डा छन् यो कसले उठाएको छ ? परिवर्तनकारि शक्ति आपसमा वाडिएका छन् त्यसले तिव्र ध्रुवीकरणको उत्तिकै आवश्यकता छ । तसर्थ परिवर्तनकारि शक्तिको रुपमा व्यक्तिगत, समुहगत जुनकुनै अवस्थामा एकिकृत गर्नु आजको आवश्यकता हो ।

आखिर एकिकृत नेकपा (माओवादी) र यसका अध्यक्ष प्रचण्डले यो कुरा बुझेका छन् । त्यो अभियानमा माओवादीका नेता कार्यकर्ता जनताको बीचमा कति जना सक्छन जनतालाई राजनैतिक खुराक कति दिन सक्तछन् । त्यसमा नै परिवर्तनकारी शक्तिको विजय सुनिश्चत हुनेछ ।

देशले चाहेको परिवर्तन पहिचान सहितको संविधान, संघियता सहितको संविधान, संविधान सभाबाट नै संविधान यो कुराको राजनीतिक अभियान केन्द्रित गर्नु देशलाई संक्रमणबाट मुक्त गर्नु नै हो । फेरी हुन गइरहेको संविधान सभाबाट पनि संविधान वनेन भने देश साच्चिकै अप्ठारो अवस्थामा धकेलिनेछ । यो विषयलाई आज प्रत्येक नेपालीले आत्मसाथ गर्न जरुरीछ ।

बावुराम खरेल

सदस्य तामसालिन , ए माओवादी