११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यूठानमा बालविवाह बढ्दै



अ+ अ-

प्युठान, ७ असोज ।
प्यूठान जिल्लामा बालविवाहको अवस्था भयावह बनेको छ । कानुनअनुसार १८ वर्ष उमेर नपुगेका बालक वा बालिकाबीच हुने विवाहलाई बालविवाह भन्ने गरिएको छ ।
तर, शनिबार जिल्ला तथा मुलुकभर बालदिवस मनाइरहँदा राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले जिल्लामा २० वर्ष उमेर नपुगी विवाह गर्नेको सङ्ख्या ७० हजारभन्दा बढी देखाएको छ । तथ्याङ्कमा १० वर्षमुनिका बालविवाह गर्नेको सङ्ख्या ५७९ छ भने १० देखि १४ वर्ष उमेर समूहका विवाह गर्नेको सङ्ख्या नौ हजार ९०८ रहेको छ । त्यस्तै २० वर्ष नपुग्ने विवाह गर्नेको सङ्ख्या ६० हजार १२२ रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष प्युठानका कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठले १५ वर्षमुनि कुल जनसङ्ख्याको ४२ प्रतिशतको कम उमेरमै विवाह हुने गरेको बताउनुभयो । निमावि तहसँगै गरिबीले कक्षा छोड्ने प्रवृतिले गाउँघरमा बालविवाह गर्नेको सङ्ख्या झनै बढेको उहाँको भनाइ छ । यस्तै सेभ द चिल्ड्रेनले हालै जिल्लामा गरेको एक अध्ययनले ग्रामीण क्षेत्रमा समग्र विवाहको ३३ प्रतिशत बालविवाह हुने गरेको देखाएको छ ।
तथ्याङ्कले १४ देखि १८ वर्ष उमेर समूहका ७० प्रतिशत बालिका र ३० प्रतिशत बालकको कम उमेरमै विवाह भएको देखाएको छ । सो तथ्याङ्कमा बालविवाहमध्ये ७३ प्रतिशत प्रेम विवाह हुने गरेको डरलाग्दो आँकडा प्रस्तुत गरिएको छ । सेभले विसं २०६९ वैशाखदेखि चैतसम्म अर्खा, बाङ्गेशाल, भिंग्री, गोठिवाङ, हंशपुर, ओखरकोट, पूजालगायत आठ गाविसमा सर्वेक्षण गरेको थियो ।
दलित र जनजातिमा धेरै मात्रामा बालविवाह हुने गरेको यी गाविसमा सबैभन्दा धेरै बालविवाह बाङ्गेशालमा ४७, पूजामा ४२ र गोठिवाङमा ४० प्रतिशतको विवाह हुने गरेको छ । अध्ययनले तथ्याङ्कमा जिल्लामा बालविवाह हुने कारणहरुमा अरुको देखासिकी, मोबाइल र फेसबुकको दुरुपयोग, विवाह गर्दा मीठो खान र राम्रो लगाउन पाउने सोँच, नीति तथा कानुनी प्रावधानबारे अभिभावक र बालबालिकामा चेतनाको अभाव र आफैँ विवाह गरे भने धन खर्च नहुने भन्ने अभिभावकको धारणालगायतका प्रमुख कारण देखाएको छ ।
बालविवाहमै बालश्रम तथा आत्महत्याको दरसमेत अत्यधिक रहेकाले जिल्लाका विभिन्न गाविसमा बालमैत्री स्थानीय शासनको आवश्यकता रहेको महिला तथा बालबालिका कार्यालय बालअधिकार अधिकृत सुशीला सिंखडाले बताउनुभयो ।