२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

कोईलावासमा घर घरै चर्पिका खालटा

कोईलावासमा घर घरै चर्पिका खालटा
अ अ+ अ-

कोईलावास दाङ, १० असोज : कोईलावास गाविसका हरेक वडामा शौचालय बनाउन खाल्टा खन्न थालिएको छ । आजभोलि हरेक घरमा जसो खाल्टो खन्ने लहरै चलेको छ । केहिले भने शौचालय बनाउन शुरु गरेका छन् ।
अबको केहि दिनमा शौचालय बनाई खुलादिसा मुक्त गरीने कोईलावास गाविस सचिव मेघ सिं पक्षाईको भनाई छ । गाविसको बजेट बाट सिट पाईप सिमेन्ट दिने भएकाले सबैको एकै चोटि काम शुरु गरेका हुन् । सर्बदलिय सर्बपक्षिय बैठकले विकास बजेट खर्चिने निर्णय गरेकाले शौचालय बनाउन लगानि गरिएको सचिव पक्षाईको भनाई छ ।
यसो त चेतनाको अभाव र शौचालय बनाउने अभियान समयमा नपुग्दा कोईलावास पछि परेको अभियानमा सहभागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक राज कुमार पोख्रेलको भनाई छ । जिल्ला सरसफाई फोकल पर्सन तिलक न्यौपानेले अहिलेकै स्तरमा काम गरे धेरै दिन नलाग्ने जानकारी दिनुभयो । पाँच दिन सम्म घरदैले समेत गरेर फर्किनु भएका खानेपानी कार्र्यालयका ईनजिनियर नयौपानेले अबको केहि दिनमै शौचालय बनि सक्ने गरी रिङ बनाउने र खाल्टा खन्ने अभियान चलेको जानकारी दिनुभयो ।
दिसा खानुहुन्न भन्नेमा सबै सचेत छन् । कोईलावासमा गाविस स्तरीय सरसफाइ सम्मेलन, मुसी र खबरी नाकामा सरसफाई अन्तरकृया प्रशिक्षणा र विभिन्न गाउँहरुमा घरदैलो गरेको छ । १ सय ८८ घरधुरी रहेको गाविसमा २४ शौचालय बनिसकेका छन् । भने बाँकि रहेका घरहरुमा पनि खाल्टो नखनेका घरहरु भेटाउन गा¥हो हुन थालेको छ । भने शसस्त्र सिमा सुरक्षा बल (एस एस वि) नौ नम्बर बाहिनी कोईलावासका कम्पनी कमाण्डर प्रविण सिं सोडाले शौचालय बनाउन सामाग्रीमा अवरोध नगर्ने प्रतिवद्धता जनकाएका छन् । नेपाल मित्र राष्ट्र भएकाले विकास र पुजा सम्वन्धि सामाग्री निर्यातमा रोकावट नगर्ने बताएका छन । सुरक्षा प्रवन्ध सहित सिभिलमा उपस्थित सोडाले नेपालको सुरक्षा निकाएलाई पानी समेत आफैले दिएको भन्दै नेपाल आफ्नो छोटा भाई भएकाले सबै सहयोग गर्ने बताए । शौचालय बनाउने अच्छा काम भएको उनको भनाई छ ।