६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस वर्ल्डको प्रतियोगितामा नेपाललाई हालसम्मकै ठूलो सफलता



अ+ अ-

 इण्डोनेसियामासम्पन मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा  मिस वर्ल्ड मेगन योङ मिस वर्ल्डको उपाधि  फिलिपिन्सकी २३ वर्षीया सुन्दरी  मेगन योङले जितेकी छिन् । गत वर्षकी मिस वर्ल्ड वेन जिया यूले ३०१३ की विजेतालाई ताज पहिर्‍याइदिइन् । मेगनको जन्म अमेरीकामा भएपनि १० वर्षको उमेरमै उनी परिवारसगै फिलिपिन्समा बसाई सरेकी थिइन् । उनले १५ वर्षको उमेरदेखी नै चलचित्र र टेलिभिजन कार्यक्रमहरुमा उद्घोषणको काम गर्ने गरेकी थिइन् ।

मेगानले मिस वल्डको ताज पहिरीएपछि आफु अहिलेसम्मको सबैभन्दा राम्री मिस वल्डको रुपमा विश्वसामु देखिने बताएकी थिइन् । यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।

नेपालकी इसानी श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन् । ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेसँगै टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् । टप टेन घोषणा गर्ने क्रममा आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । मिस वर्ल्डको प्रतियोगितामा यो नै नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो । उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य प्रतिस्पर्धीले उनलाई साथ दिएका थिए । उनलाई यो अवार्ड जिताउन नेपालको दुगम क्षेत्रमा उनले गरेको सामाजिक कामको भिडियोले सहयोग गरेको बताइृन्छ । विश्व सुन्दरी प्रतियोगितामा सहभागि सुन्दरीहरुले गरेको सामाजिक कामको मुल्यांकन गरेर यो उपाधि दिइन्छ र इशानीले जुम्लामा मुख तथा दाँतको स्वास्थ्य शिविर सञ्चालन गरेको प्रोजेक्ट स्माइल सञ्चालन गरेकी थिईन् ।