४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

निर्वाचन र अहिलेको राष्ट्रिय आवश्यकता

निर्वाचन र अहिलेको राष्ट्रिय आवश्यकता
अ+ अ-

धर्मदत्त देवकोटा –
दश वर्षे महान् जनयुद्ध ०६२।०६३ को जनआन्दोलन, मधेश आन्दोलनको उपलब्धी स्वरुप मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समानुपातिक प्रतिनिधीत्व जस्ता गहन महत्वका उपलब्धीहरु हासिल भएका छन् । यिनै उपलब्धिलाई संस्थागत गरि मूलुकको आर्थिक समृद्धि र समानताको सुनिश्चितताको लागि संविधान निर्माणको अनिवार्यता थियो । सार्वभौम जनताबाट निर्वाचित संविधानसभाबाट संविधान निर्माण गर्ने प्रतिबद्धता अनुसार ०६४मा सम्पन्न संविधान सभा निर्वाचनबाट निर्वाचित संविधान सभाबाट भागिरथ प्रयत्नका बाबुजुद नयाँ संविधान जन्मन नसकेको कटु सत्य सर्वविदित नै छ ।
संविधान घोषणा हुन वर्तमान अन्तरिम संबिधान अनुसार संविधान सभामा दुई तिहाइ बहुमतले पारित हुन पर्ने अनिवार्य ब्यवस्था छ । तर गत निर्वाचनमा जनताले एमाओवादी पार्टीलाई सबै भन्दा ठूलो पार्टीको रुपमा स्थापित गरे पनि बहुमत दिएको अवस्था रहेन । वामपन्थी शक्तीको ६२% हिस्सा भएर पनि एमालेको गैर वामपन्थि भूमिकाका कारण र ने.का.को संघीय संविधान बनाउने अरुचीका कारण सहमतिको जती डंका पिटे पनि सहकार्य सफल हुन सकेन । संविधान निर्माणमा अथक प्रयासका बाबजुद विवादित विषयमा समयमा नै संविधान सभामा मतदानबाट टुंग्याउने लोकतान्त्रिक विधी प्रयोग गर्ने कुरामा समयमा नै ध्यान नपुग्नु र कांग्रेस एमालेबाट हुने जालझेल र धोकाबाट समयमा नै सचेत हुन नसक्ने लगायत कतिपय अनुभवजन्य कमजोरीहरु एमाओवादीबाट पनि रहन गए । यी सबै कुराको लागि आम मतदाता समक्ष नैतिक जिम्मेवारीका साथ आत्मलोचना गर्ने वाहेक अहिले अर्को विकल्प छैन । साथै सरकार अलाउन अरुको बैसाखी ट.क्नु पर्ने र बैसाखी रुपी सहकर्मीहरुका शर्त र मागहरु राष्ट्रले थाम्न नसक्ने मात्र होईन कतिपय देगन्धित गतिविधिहरु पनि सहन गर्नु पर्ने वाध्यतावारे पनि जनसमुदाय विज्ञ नैछ । ढा. वावुराम भटराईको कार्यकालमा एमाले कांग्रेसले निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन नदिएको कारण पार्टी र जनताकोे अपेक्षा अनुसारको कार्यहरु नभए पनि यस कार्यकालमा कार्यकालमा शान्ति प्रकृया टुंगोमा पु¥याउने ऐतिहासिक कार्य भएकोछ । भाविपुस्ताको हित, सुन्दर र सफा राजधानी निर्माणको उद्देश्य राखेर सडक विस्तार, भुउपयोगको नीति तर्जुमा, सरोकारवलाहरुको सहभागितामा दीर्घकालिन कृषि योजना बनाउने ऐतिहासिक महत्व राख्ने कार्यहरु भएका छन । साथै सिमित साधनस्रोतवाट पनि राष्ट्रिय गौरवका योजना लगायत सयौं विकास निर्माणका काम नभएका होईनन ।
राजनैतिक सहमतिको आधारमा दोश्रो संविधान सभाको निर्वाचनबाट जनताको अपेक्षा अनुसारको संविधान निर्माण गर्ने प्रतिबद्धताका साथ राजनैतिक निकास दिन एमाओवादी अध्यक्ष प्रचण्डको संयोजन र पहलकदमीमा संविधानका कयौं विषयमा सहमति जुटाउने ऐतिहासिक महत्वका कार्यहरु पनि भएको कुरा जगजाहेर नै छ । संविधानसभाका ६ वर्ष र हालसम्मका अनुभवहरुले राजनैतिक दलका नेता, सभासद मात्र होइन आम मतदाता र न्याय प्रेमी जनसमुदाय समेतको चेतना, क्षमता र जिम्मेवारीवोधको भावनामा अभिवृद्धि भएको छ । संसारमा संबिधान सभाको निर्वाचन दोस्रो पटक भएको छैन । एमाओवादीको बुद्धिमत्तापूर्ण र दुरदर्शी सोचकै कारण देशलाई दुर्घटना हुनवाट वचाउने र संबिधान वनाउने जनताको अधिकारलाई पुनः स्थापित गर्ने काम भएकोछ । यो नेपाली जनताको लागि एउटा ऐतिहासिक अवसर हो । यसलाई सदुपयोग गरेर आफ्ना साजनैतिक एवं आर्थिक समाजिक एजेण्डाहरुलाई जनसमक्ष प्रस्तुत गर्ने र समर्थन जुटाउनु राजनैतिक दलको कर्तब्य हुन आउछ । कुतर्क र वालअड्डी लिएर यसवाट भाग्न खोज्नु जनता र राष्ट्रको जिम्मेवारीवाट पलायन हुनु नै ठहर्छ । एकाशौं शताब्दीको राजनैतिक दल जनतावाट परीक्षित हुन नचाहाने र यसको दोष अरुलाई थोपर्नु सर्वथा वेठीक हुन्छ । हरेक घटना परिघटनामा आन्तरिक पक्ष नै निर्णायक हुन्छ बाह्य पक्ष गौण भनेर हेक्का हुने मक्र्सवादी पण्डितलाई सम्झाई रहनपर्ने विषय होईन ।
हामिले अहिले अभ्यास गर्ने लोकतन्त्र भनेको जनताद्धारा अनुमोदित, परीक्षीत र नियन्त्रीत समानुपातिक र समावेसी लोकतन्त्र हो । यसलाई संबिधानमा संस्थागत गर्न सकेपछिको राष्ट्रिय क्रान्ति भनेको आर्थिक सामाजिक क्रान्ति नै हो । जसले तीब्र आर्थिक विकास र सामाजिक न्यायलाई स्थापित गर्नेछ । यसकोलागि उत्पादन, निर्माण र ब्यवस्थापनको कामलाई वर्गसंघर्षको नयां कडीको रुपमा लिनु पर्दछ । पाटीको मुख्यशक्ति र आमजनसमुदाय यसमा अभियानको रुपमा खट्नु पर्दछ । जनता समृद्धि, समाजिक न्याय र उन्मुक्ति चाहान्छन । सो हुन सकेमा नै सच्चा राष्ट्रिय स्वाधिनता कायम हुन सक्नेछ । राजनैतिक अस्थिरता, आर्थिक पछौटेपन तथा गरीवीले नै पराधिनता र वैदेसिक हस्तक्षेपलाई प्रोत्साहित गरेका छन । आन्तरिक रुपमा हरेक कुरामा आफूँ सुदृढ नबनीकन कोरा नारामा राष्ट्रियता अलाप्नु भनेको वाहिर राष्टवादी देखिने तर ब्यवहारले हस्तक्षेपकारीलाई नै सघाउनु हुन्छ । राष्ट्रियता नारामा मात्र होईन दैनिक ब्यवहारमा पनि झल्किने विषय हो र हनुपर्दछ । अनि अहिलेको विश्वमा कुनै पनि देश एकल आत्मनिर्भरता र वन्द समाजमा परिचालित हुन संभव छैन, कसैले प्रयास गरे पनि त्यो दिगो हुन शक्तैन । कुटनैतिक सम्बन्ध, आपसी ब्यापार, सहयोग लेनदेन र पारदर्शी हितकारी संझौतावाट र आधुनिक जनवादी÷लोकतान्त्रिक परिपाटी र आपसी निर्भरतावाट मात्र कुनै पनि देशले आफुलाई अघिवढाउन शक्तछ । यस वास्तविकता वाहिर पूराना सूत्रहरु पुनराबृत्ती गर्नु सान्दर्भिक देखिदैन । अतः नया परिवेसको द्धन्दवादी नयाँ ब्याख्या र समाधान पनि नयाँ नै हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्न आवश्यक हुन्छ । मुख्य कुरा त सामाजिक परिस्थितिको विश्लेषणमा द्धन्दात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणलाई सही रुपमा अंगीकार गरिएको छ वा छैन र ब्यापक जनसमुदायको हितमा त्यसलाई प्रयोय गर्ने कि निहित संकिर्ण मनोकांक्षमा भन्ने हो । नीहित स्वर्थमा मलेमावादलाई प्रयोग गर्न खोज्नेहरु आफ्नै कर्मका कारण जनसमुदायवाट अलग भएका घटना हाम्रा सामु छर्लगैछन । संबिधान सभा जस्तो मुलुकको भबिष्य निर्माणको निर्धारण गर्ने विषयलाई हल्का ढंगले लिनु र बहिस्कार गर्नु सर्वथा अनुचित हो । फेरी खुला लोकतान्त्रिक समाजमा निर्वाचनमा सहभागिता वा शिष्ट वहिस्कार स्वेच्छिक विषय पनि हो, यसलाई सामान्य रुपमा र शिष्ठतापूर्वक लिन राम्रो हुन्छ ।
चालु ऐतिहासिक संविधानसभाको निर्वाचनमा पहिचान सहितको संघीयता, दलित, उत्पीडित ,महिला, जनजातीहरुको समतममूलक अधिकार एवं आर्थिक समृद्धि र सामाजिक न्यायकोे लागि एकपटक नेपाली जनताले एनेकपा माओवादीलाई पूर्ण अवसर दिन आश्यक छ । यहानेर मतदाता धेरै वाडिने र भाडिने कुराले देश पनि भाडिने हुनाले मतदाताले यसको पूर्ण जिम्मेवारी लिने समय आएकोछ । यसको अलावा मूलुकमा शान्ति समृद्धी र स्वाधिनता संभव नहुने कुरा विगतका अनुभवले देखाएको छ । वहुमत नहुनुले स्थिर एवं सुशासनयुक्त सरकार दिन नसकिएको र दुई तिहाई बहुमत नहुनुले नै संविधान घोषणा नहुनुको प्रमुख कारण भएको हुनाले अव सर्वाधिकार मतदाता रुपी जनसमुदायमा नीहितछ । हरेक मतदाताले राष्ट्रिय जिम्मेवारीबोध गर्न आवश्यक छ । यो अहिलेको राष्ट्रिय आवश्यकता हो । (लेखक एमाओवादी के. स. हुन)