२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसा विरुद्ध लडौ



अ+ अ-
  • सरिता ढकाल

पुर्विय समाजमा धार्मिक आडम्बरले निकै जरा गाडेको भएपनि त्यस भित्रका विकृतिहरु प्नि कम खतरनाक छैनन् । सबैभन्दा डरलाग्दो कुरा त यो समाज भित्र हुर्के बढेको बलत्कार हो । पछिल्लो समयमा भारतका एक तथाकथित योगी आशाराम बाबुले आफ्नो आश्रम भित्र बलत्कार मौलाउने घटनाहरु जरी राखेको सुचना आयो । त्यस्तै भारतमै बस भित्र सामुहिक बलत्कार गरियो । जे होस् दुई वटै घटनाले भारतिय समाजलाई निकै लल्जाबोध गरिरहेका बेला त्यहाँको प्रहरीले आशाराम बाबुलाई पक्रियो र बसभित्रै सामुहिक बलत्कार गर्नेलाई मृत्यूदण्डको सजाय पनि दियो । आसाराम बाबुले अब कस्तो दण्ड पाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।
नेपालमा पनि यस्ता घटनाहरु नभएका होईनन् । नेपाली समाजमा पनि बलत्कारका डरलाग्दा घटना भएका छन् । प्रहरी अधिकारीले नै बलत्कार पछि हत्या गरेका , घरमै राखिएका नोकर र कमलरी माथि बलत्कार भएका घटना यस अघि सार्वजनिक भएका छन् । सार्वजनिक नभएका घटना कति छन् कति । नेपाली समाजमा यि घटना खोजीका विषय पनि हुन् । सयौ बर्ष देखि सामान्ती परम्परामा हुर्किएको नेपाली समाज भित्र आडम्बरले दवाएका बलत्कारका घटना धेरै छन् । साथै डर , त्रास , अज्ञानता र सामाजिक बहिष्कारको भयले बलत्कारका धेरै घटना लुकेका छन् । नेपालको राजनितिक रुपान्तरणका लागि भएको युद्धको क्रममा राज्यले नै विद्रोही महिला माथि बलत्कार गर्न उक्साएको राज्य हिंसाको पनि चर्चा हुन्थ्यो । साहसी महिलाहरुले त्यो राज्य हिंसाको खुलासा पनि गरे । राज्यले बलत्कारको शिकार भएका महिलाको हत्या समेत गरेको त्यति बेलै पनि सार्वजनिक भएको थियो ।
नेपालमा अहिले बलत्कार विरुद्ध चेतना जागेको छ । तर बलत्कार घटेको छैन् । बलत्कारको घटना रोक्न नेपालमा पनि पहिलो कुरा त कानून हुनैपर्छ । आवश्यक पर्दा मृत्यू दण्डको पनि व्यवस्था हुनुपर्दछ । अब बन्ने संविधानमा त्यो व्यवस्था हुनुपर्छ । राजनितिक दलहरुले आ–आफ्ना चुनावी घोषणा पत्रमा राख्नु पर्छ । त्यस्तै महिलाहरुलाई जागरण र बिशेष तालिमको व्यवस्था पनि गर्नु पर्दछ । साथै महिलाहरुले पनि बलत्कार जस्तो अपराध बढ्न सक्ने भएकाले भड्किलो फेसन गर्न नहुने मान्यता माथि पनि चर्चा हुने गर्दछ । जे होस् बलत्कार जघन्य अपराध हो । यसलाई रृक्ने समाजको मुख्य दाहित्व हो । जीवन सुन्दर छ यसलाई कुरुप नबनाउ भन्ने नाराले निकै राम्रो सन्देश दिन्छ । तर बलत्कारीलाई मृत्यू दण्ड दिऔं भन्ने नारा मुनि बलात्कार विरुद्धको अभियान चलाउनु पर्छ ।




भर्खरै