३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

सबैले थाल चुनावी अभियान

सबैले थाल चुनावी अभियान
अ+ अ-

बविन शर्मा

संविधानसभाको निर्वाचन आउन झण्डै २ हप्ता बाकी रहँदा एकीकृत नेकपा माओवादीले सुदूरपूर्वबाट ७ दिने मेची–काली चुनावी अभियान शुरु गरेको छ । एमाओवादीको यो अभियानको विभिन्न कोणबाट चर्चा परिचर्चा शुरु भईसकेका छन् । जुन स्वभाविक पनि छ । यस अभियानबारे हामीले पनि केही टिप्पणी गर्नु सान्दर्भिक छ ।
जुनसुकै पार्टीको होस्, पहिलोकुरा, चुनावको पक्षमा रहेर गरिने अभियानले त्यो पार्टीका नीति तथा कार्यक्रमलाई जनतासम्म पुर्याउन सहयोग गर्छ । एकीकृत नेकपा माओवादीले शुरुवात गरेको र अरु धेरैले समर्थन गरेको संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिकता, लगायतका एजेण्डाको नेतृत्वकर्ता भएकाले पनि त्यसको मुल्यबोध जनतासम्म गराउनु एमाओवादीको दायीत्व थियो । देश पुरानै राज्य व्यवस्थामा फर्कने कतिपय चर्चाहरुलाई कमजोर बनाउन पनि अग्रगामी एजेण्डाका पक्षमा देशव्यापी अभियान चाल्नु पर्दथ्यो । त्यो दायीत्व एमाओवादीले पुरा गरेको छ । अझ यस्ता अभियानले कुन पार्टीले चुनाव गर्न चाहेको छ, कुनले छैन वा कसले बाहाना खोजिरहेको छ भन्ने कुरा जाँच्ने अवसर पनि मतदातालाई नै दिएको छ ।
दोश्रो कुरा यस्ता अभियानले चुनावी सुनिश्चतताका लागि पनि सकारात्मक भुमिका खेल्छ । चुनाव हुदैन की, बिथोलिन्छ की, भन्ने भयलाई यस्ता राष्ट्रिय स्तरका अभियानले एकहद सम्म चिर्नेछन् । त्यसैले हामी भन्छौं राष्ट्रकै एजेण्डा बनेको चुनावको पक्षमा काँग्रेस, एमाले लगायत अन्य पार्टीले किन मास स्केलको अभियान अझै नगरेका ? यदि उनीहरु पनि मैदानमा आफ्ना एजेण्डा लिएर उत्रेका भए मतदाताले सबैलाई छाम्ने अबसर पाउने थिए । कसको मुद्धा ठिक र कसको बेठिक ? कुन उमेदवार ठिक को बेठिक ? कसले देश बनाउछ कसले बनाउदैन ? कुन पार्टिको निति कार्यक्रम ठिक कसको बेठिक । यस्ता अभियान कुन दलका एजेण्डा के छन्, र त्यसलाई कार्यान्वयनमा लैजान कत्तिको सामथ्र्य राख्दछन् भन्ने कुराको मापन जनता आफैले गर्ने अबसर पनि हुन सक्छन् । यस्ता विषय आम मतदाताले जान्ने अबसर पाएनन् भने पनि त्यो चुनावको औचित्य र मर्ममाथि प्रश्न उठ्न सक्छ । जब मतदाताले सवैकुरा बुझेर निश्पक्ष मतदान गर्छन् अनिमात्रै सहि दूधको दूध पानीको पानी छुट्टिन्छ ।
अर्को कुरा अभियान चलाउनेहरुले पनि फगत हल्लाखल्ला मात्रै हैन जनतासमक्ष स्पस्ट ढंगले चुनावको पक्षमा मत बनाउनु पर्छ । आफ्ना पार्टिको संविधान बनाउने र देश चलाउने एजेण्डा के हो ? प्रष्ट भन्न सक्नु पर्छ । मतदातालाई आफ्ना कुरा थोपर्ने मात्र हैन सुझाव, गुनासा र आलोचना सुन्न पनि सक्नुपर्छ ।