• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

एमाओवादी उम्मेदवारको घरमा तोडफोड



सुसरी, २१ कार्तिक । एकीकृत नेकपा माओवादी सुनसरी क्षेत्र नम्बर ६ का उम्मेदवार डम्बर सुवेदीको घरमा तोडफोड भएको छ । सुवेदीको इटहरी २ स्थित घरमा गएराति तोडफोड भएको हो । तोडफोड भएको स्थानमा ‘राष्ट्रवादी आमूल परिवर्तनकारी शक्ति सुनसरी’ लेखिएको पर्चा फेला परेको प्रहरीले जानएको छ ।

यस्तै एमाओवादी नेता अमिक शेरचनको गाडीमा अज्ञात समुहले आगजनी गरेका छन् । चितवन क्षेत्र नम्बर ५ को उम्मेदवारसमेत रहनु भएका शेरचनले प्रयोग गर्नु भएको गाडि दिव्यनगर गाविसको ज्योतीनगरमा चुनावी घरदैलो अभियानमा रहेको बेला आगजनी भएको हो ।

मोटरसाइकलमा आएका दुईजना व्यक्तिहरुले बा ९ च ७६३६ नम्बरको गाडीको सीसा फुटाएर पेट्रोल छकिर्एर आगो लगाएको नेता शेरचनको सहयोगि सन्तोष पनेरुले जानकारी दिनुभयो ।