• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर ★   पूर्वकर्मचारीहरुसँग देउवाले भनेः आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् ★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन

शुरु भयो ‘लोफर’को सार्वजनिक प्रदर्शन



काठमाडौँ, २१ मंसिर  –  

आजबाट एउटा बहुप्रतिक्षित चलचित्र ‘लोफर’ रिलिज हुँदैछ ।  यो चलचित्र रेखा थापासँग छुट्टिएर छविराज ओझाले बनाएको पहिलो फिल्म हो, त्यसमा पनि सिंगल थिएटरका दर्शकका लागि फिल्म बनाउने छवि यसपटक मल्टिप्लेक्सतिर हान्निएका छन् । त्यसैले उनको मल्टिप्लेक्स यात्रा कतिको सुखद हुनेछ, यो चलचित्रको व्यापारमा निर्भर छ । अर्कोतिर आर्यन सिग्देल अभिनित पछिल्ला चलचित्रहरुले राम्रो व्यापार नगरेकोले ‘लोफर’ले उनको करिअरमा ठूलो प्रभाव पार्ने देखिएको छ। आर्यनलाई छविले नै ‘किस्मत’बाट रजतपटमा भित्र्याएका थिए।

त्यसपछि उनले आर्यनलाई ‘कसले चोर्‍यो मेरो मन’ र ‘हिफाजत’मा काम गराए। दुवै चलचित्र हिट भयो तर त्यसपछि रेखासँग आर्यनको मनमुटाव भएपछि छविले चाहदा–चाहदै पनि आर्यनलाई आफ्नो फिल्ममा राख्न सकेका थिएनन्।  दुर्भाग्यवस त्यसपछि अन्य ब्यानरका आर्यनका प्राय: सबै चलचित्र असफल भए। त्यसैले निर्माता छवि, नायक आर्यन, निर्देशक आदित्यविक्रम लम्साल र नायिका रजनी केसी सबैको लागि ‘लोफर’को व्यापार निकै अर्थपूर्ण छ। लम्साल र रजनीको यो पहिलो फिल्म हो।

सेन्सर बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको ‘लोफर’ देशभरका १०० भन्दा बढि हलहरुमा एकसाथ रिलिज हुने निर्माता छविराज ओझाले जानकारी दिएका छन् । चलचित्रमा आर्यन र रजनीसँगै दयाहाङ राई, कमलमणी नेपाल, सुशीलराज पाण्डेलगाएतका कलाकारको कलाकारको अभिनय रहेको छ ।