२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हिंसा विरुद्धको अभियान वारे



अ+ अ-

सचिन रोका –
लैङ्गिक असमानता विश्वभर टाउको दुखाईको विषय बनेको छ । अझ नेपाल जस्ता तेश्रो विश्वका मुलुकहरुका लागि त झन यो भयंकर चुनौतिको रुपमा खडा छ । यो समस्या निकै पूरानो भइसकेको छ । विश्वमा मातृसत्तात्मक युगको समाप्तीसँगै लैङ्गिक असमानता र त्यसमा पनि महिला हिंसाको सिलसिला सुरु भएको पाइन्छ । लैङ्गिक हिंसा भन्ने शब्द महिला हिंसाको पर्यायबाची जस्तै भइसकेको छ । महिला हिंसाको उल्टो पुरुष हिंसा भन्ने शब्दावली हामीले कहिल्यै सुनेका छैनौं । त्यो यसकारणले नसुनिएको हो कि महिलाले पुरुषमाथि गर्ने हिंसा रेकर्ड राख्ने स्तरमा देखिएको छैन । तर पुरुषले महिलामाथि गर्ने हिंसा अर्थात महिला हिंसा भन्ने कुरा संसारकै चुनौति बनेको छ ।

विश्वभर २५ नोबेम्बरदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । २२ वर्षअघिदेखि चल्दै आएको यो कर्मकाण्डीय अभियान हरेक वर्ष १० डिसेम्बरसम्म चल्ने गर्छ । नेपालमा पनि विभिन्न अधिकारवादी संघसंस्थाहरुले यसलाई धुमधामका साथ मनाइरहेका छन् । तर जतिसुकै अभियानहरु चलाइएपनि महिला हिंसा घटेको महशुुस कसैले गरेका छैनन । अभियानको क्रममा हरेक वर्ष अधिकारवादी संस्थाहरुले करोडौं रकम हल्लीखल्लीमै उडाउछन, सरकारले पनि महिला हिंसा विरुद्ध ‘आकाशका तारा धर्तीमा झार्ने’ ओठे प्रतिवद्धता जनाउने गर्छ । तर लैङ्गिक हिंसाका घटनामा बीसको उन्नाइस हुँदैन ।

महिला हिंसा भन्नाले महिलाको शरीरमाथि हुने बलजफ्ती, मानसिक यातना, सामाजिक अपमान र आर्थिक शोषण भन्ने बुझिन्छ । आफ्नो शरीर आफ्नै नियन्त्रणमा राख्न नसक्ने विडम्बनापूर्ण परिस्थिति महिलाहरुको लागि ठूलो समस्याको विषय बनिरहेको छ । यो परिस्थितिको लागि अपराधिक मनोबृत्तिका कुलङ्गार पुरुषहरु मुख्य जिम्मेवार छन् । अनि जिम्मेवार छन, धार्मिक रुढीवाद र सामाजिक कुरीतिहरु पनि ।

महिला भनेको श्रृष्टिको जननी हो र त्यो आफ्नी आमा तथा दिदी बहिनी सरह पुजनीय छ भन्ने कुरा नबुझ्ने राक्षसी प्रवृत्तिका पुरुष र तिनैलाई सघाउने धार्मिक मूल्य मान्यताहरु कायम रहेसम्म महिला हिंसा अन्त्यको कल्पना गर्न सकिँदैन । त्यस्तै महिलाहरुलाई बौद्धिक काममा नलगाउने राज्य, नीति निर्माणको तहमा नपु¥याउने राजनीतिक दल, पैत्रिक सम्पत्तिमा समान अधिकार नदिने बाबुआमा, आर्थिक अधिकारमा विभेद गर्ने रोजगारदाता, दाइजो नल्याएको निहुमा जिउदै जलाउने श्रीमान र न्यानो–पोषिलो चाहिने बेला छाउगोढमा थुन्ने समाज रहेसम्म महिला हिंसा अन्त्यको कल्पना गर्न सकिँदैन । तसर्थ लैङ्गिक असमानता अन्त्यको लागि सवभन्दा पहिले यी समस्याको समाधानमा जोड दिनुपर्दछ ।




भर्खरै