११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय हक्की प्रतियोगिता आजदेखि



अ+ अ-

हेटौंडा, १५ पुस । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल हक्की संघको आयोजनामा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ११ औं राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सोमवारदेखि हेटौंडाको हुप्रचौरमा शुरु हुँदैछ ।

च्याम्पियनसिप अन्तर्गत हुन लागेको यो दोश्रो प्रतियोगिता हो । यसअघि च्यम्पियनसिपअन्तर्गत राष्ट्रिय बक्सिङ प्रतियोगिता शनिबार सम्पन्न भइसकेको छ । प्रतियोगितामा ५ विकास क्षेत्र र नेपाली सेना गरी ६ टिमको सहभागिता रहने हक्कीका मुख्य प्रशिक्षक बाबुराम नेपालले जानकारी दिएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजना गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । पहिलो दिन सोमवार आर्मी र मध्यमाञ्चल तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलबीच खेल हुनेछ ।