११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगमा सशस्त्रको विजयी सुरुवात



अ+ अ-

काठमाडौं, १६ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रङगशालामा भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफका नविन लामाले खेलको ६६ औं मिनेटमा गोल गरे ।
यस्तै मंगलबार नै भएको अर्को खेल गोलरहित बराबरी भएको छ । मच्छिन्द्र र सङकटा क्लबबीच भएको प्रतिस्पर्धामा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । नेपाली फुटबलमा सर्वाधिक पुरस्कार राशी रहेको तथा लामो समयसम्म चल्ने प्रतियोतिगाका रूपमा रहेको सहिद स्मारक ‘ए’ डिभीजन लिगमा १३ क्लबहरु प्रतिस्पर्धामा उत्रँदैछन् । प्रतियोगितामा अन्तिम स्थानमा रहने दुई टोली ‘बी’ डिभीजनमा झर्नेछन् ।