• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

ए डिभिजन लिगमा सशस्त्रको विजयी सुरुवात



काठमाडौं, १६ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रङगशालामा भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफका नविन लामाले खेलको ६६ औं मिनेटमा गोल गरे ।
यस्तै मंगलबार नै भएको अर्को खेल गोलरहित बराबरी भएको छ । मच्छिन्द्र र सङकटा क्लबबीच भएको प्रतिस्पर्धामा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । नेपाली फुटबलमा सर्वाधिक पुरस्कार राशी रहेको तथा लामो समयसम्म चल्ने प्रतियोतिगाका रूपमा रहेको सहिद स्मारक ‘ए’ डिभीजन लिगमा १३ क्लबहरु प्रतिस्पर्धामा उत्रँदैछन् । प्रतियोगितामा अन्तिम स्थानमा रहने दुई टोली ‘बी’ डिभीजनमा झर्नेछन् ।