• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

महोत्सव तताउन कलाकारहरु सिड्नीमा



सिड्नी । अष्ट्रेलियाको सिड्नीमा हुने नेपाल फेष्टिबलमा सहभागी हुन नेपाली कलाकारहरु सिड्नी पुगेका छन् । महोत्सव आउन तीन दिनमात्रै बाँकी रहँदा कलाकारहरु सिड्नी पुग्न सुरु गरेका हुन् ।
सेप्टेम्बर ६ मा तारिखमा आयोजना हुने नेपाल फेष्टिबलमा उनीहरुले गीतसंगितमार्फत मनोरञ्जन दिनेछन् । आज मात्रै नेपाली गायकहरु अनिल सिंह र शिरिष देबकोटा सिड्नी पुगेका छन् ।
आज सिड्नी पुगेका सिंह र देबकोटालाई एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । अर्का गायक निमा रुम्बा भोलि विहीबार पुग्ने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ । उनी अमेरिकाबाट महोत्सवलाई थप रौनक दिन सिधै अष्ट्रेलिया जान लागेका हुन् । एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने अष्ट्रेलियामा नै रहेकी छिन् । 

एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने

तस्वीरः एनआरएन अष्ट्रेलिया