२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्सव तताउन कलाकारहरु सिड्नीमा



अ+ अ-

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा हुने नेपाल फेष्टिबलमा सहभागी हुन नेपाली कलाकारहरु सिड्नी पुगेका छन् । महोत्सव आउन तीन दिनमात्रै बाँकी रहँदा कलाकारहरु सिड्नी पुग्न सुरु गरेका हुन् ।
सेप्टेम्बर ६ मा तारिखमा आयोजना हुने नेपाल फेष्टिबलमा उनीहरुले गीतसंगितमार्फत मनोरञ्जन दिनेछन् । आज मात्रै नेपाली गायकहरु अनिल सिंह र शिरिष देबकोटा सिड्नी पुगेका छन् ।
आज सिड्नी पुगेका सिंह र देबकोटालाई एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । अर्का गायक निमा रुम्बा भोलि विहीबार पुग्ने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ । उनी अमेरिकाबाट महोत्सवलाई थप रौनक दिन सिधै अष्ट्रेलिया जान लागेका हुन् । एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने अष्ट्रेलियामा नै रहेकी छिन् । 

एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने

तस्वीरः एनआरएन अष्ट्रेलिया