६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा बन्यो नेपाल गृह



अ+ अ-
नेपाल फेष्टिबल आयोजनास्थलमा बनाइएको स्वागतद्वार

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाल गृह बनेको छ । सेप्टेम्बर छ मा आयोजना हुने नेपाल फेष्टिबलका लागि सिड्नीको डार्लिङ हार्वरमा नेपाल गृह बनेको हो । फेष्टिबल स्थलमा प्रबेश गर्ने स्थानमा भव्य स्वागतद्वार बनाइएको छ, जहाँ नेपाल हाउस लेखिएको छ ।
प्रबेशद्वार पुग्दा नै नेपाल पुगेजस्तो महशुस र नेपालको झल्को हुनेगरी निर्माण गरिएको छ । स्वागतद्वारबाट भित्र प्रबेश गरेपछि पनि नेपाल नै प्रबेश गरेजस्तो महसुस हुनेगरी सजावट गरिएको छ ।
नेपाली हस्तकलाका साथै विभिन्न संस्कृति झल्कने थरिथरिकाका स्टलहरुले नेपालको झल्को दिनेछन् । खानाका लागि मात्रै दश वटा र अन्य २४ वटा गरी ३४ वटा स्टलहरु आयोजनास्थलभित्र तयार गरिएको छ । नेपाली कला, संस्कृति, भेष, भुषा, रिति रिवाज र परम्परा झल्कने गरी आयोजनास्थललाई सजाइएको छ । नेपाल फेष्टिबल आयोजनास्थल तुम्बलंग पार्क डार्लिङ्ग हार्वर मा भएको सजावटले सगरमाथा र बुद्वको देश नेपाललाई विश्वभरी चिनाउन मद्यत पुग्ने आयोजक गैर आवसीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको विश्वास रहेको छ ।
महोत्सवमा पहिलो सगरमाथा आरोही तेञ्जिङ्ग नोर्गे शेर्पाका नाति टाशी तेञ्जिङ्ग शेर्पाले आफ्ना हजुरबुवाको रोचक हिमाल यात्राको कथा सुनाउनेछन् । महोत्सवबाट नेपालको पर्यटन पर्वर्दनमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

नेपाल महोत्सवको बारेमा सम्बन्धित निकायकी कर्मचारीलाई जानकारी गराउँदै आयोजकहरु ।
नेपाल महोत्सवमा राखिने स्टलहरुको बारेमा जानकारी दिदै सिड्नी सिटि काउन्सिलसंग अनुमति लिदै ।
पहिलो सगरमाथा आरोही तेञ्जिङ्ग नोर्गे शेर्पाका नाति टाशी तेञ्जिङ्ग शेर्पा (बीचमा) आफ्ना हजुरबुवाको रोचक हिमाल यात्रा सुनाउन सिड्नीमा ।
फेष्टिबल आयोजनास्थल तुम्बलंग पार्क, डार्लिङ्ग हार्वर को झकिझकाउ दृश्य ।