२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

अष्ट्रेलियन नेताहरुले दशैंलाई भोट माग्ने थलो बनाए

अष्ट्रेलियन नेताहरुले दशैंलाई भोट माग्ने थलो बनाए
अ अ+ अ-

भिक्टोरिया । बहुसाँस्कृतिक समाजप्रति संवेदनशील अष्ट्रेलियनहरुले नेपाली पर्व बडादशैंलाई आफ्नो चुनावी प्रचारको मञ्चको रुपमा प्रयोग गरेका छन् । 

थोरै नेपाली बसोबास गर्ने अस्ट्रेलियाको जिलोङमा जिलोङ नेपलिज एसोशियसनको आयोजनामा भएको पहिलो दशैं कार्यक्रममा वरिपरिका शहरहरु मेलबर्न, बालाराट र वार्नाबुलदेखि नेपाली एबं बिदेशीहरु आएर नाचगान सहित भब्यताका साथ मनाइएको दशैं कार्यक्रममा अस्ट्रेलियाको आसन्न सांसद निर्वाचनका लागि उम्मेदवार भएका ठूला पार्टीका उम्मेदवारहरु समेतले नेपाली एबं बिदेशीहरुलाई दसैंको टिका लगाएर आशिर्बाद दिए । यसरी टिका लगाएर आशिर्बाद दिने बिदेशीहरुमा लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमशस् क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज र अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट थिए ।

कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन, लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमशस् क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज, अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट, बेटर कम्युनिटिज कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, डाभर्सिटाटका कम्युनिटी एजुकेटर हेमराज भूलाह, एनआरएन भिक्टोरियाका संयोजक ॠषि कंडेल, नेपालीज एसोशियसन भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यले मन्तब्य ब्यक्त गर्दै सबैलाई दशैंको शुभ(कामना दिए । मन्तव्यको क्रममा अधिकांश बक्ताले जिलोङमा नेपालीहरुद्धारा आयोजना गरिएको यो पहिलो कार्यक्रमले अनेकतामा एकता र सबैले सबैको संस्कृतिको सम्मान गर्ने महत्वपूर्ण सन्देश दिएको अभिब्यक्ति दिए । बेटर कम्युनिटिज कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्कले आफ्नो मन्तब्य नेपालीमा नै दिएका थिए ।

कार्यक्रममा ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्यले नृत्य प्रदर्शन गरेका थिए भने गायिका निबेदिता बरालले गीत गाएकी थिइन् । डा साबित्रा काफ्लेले दशैंको बारेमा पावर प्वाइण्ट प्रिजेण्टेशन गरेकी थिइन् ।

ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्य, निबेदिता बराल, डा साबित्रा काफ्ले, मिस्टर नेपाल अस्ट्रेलिया २०१४, अनुपम ध्वज किरण, जोन योन्जन, मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र ईन्द्र देवी कोइरालालाई कार्यक्रमको अन्तमा कार्यक्रम सफल तुल्याउन उल्लेख्य योगदान दिएकोमा कार्यक्रमका बिशेष अतिथिहरु मार्फत प्रसंशापत्र प्रदान गरिएको थियो ।

मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहद्धारा सन्चालन गरिएको र जिलोङ नेपलिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रममा परंपरागत नेपाली खानाका परिकार सबैको लागि आकर्षण बनेको आयोजक राम कुमार श्रेष्ठले अनलाई चौतारीलाई जानकारी दिए ।