२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको खाजा खर्च दुई महिनामा दुई लाख



अ+ अ-

काठमाडौं, १८ कार्तिक । मन्त्रिपरिषद बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डर बमोजिमका खाजा उपलब्ध हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिना यता खाजको मात्रै दुई लाख १३ हजार २० रुपैयाँ बिल उठेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार खाजामा भएको खर्च मध्ये ७० प्रतिशत भन्दा बढी खर्च बालुवाटारमा भएका विभिन्न बैठकको रहेको छ ।
सिंहदरबारमा भएका मन्त्रिपरिषद् बैठकमा भने कम खर्च हुने गरेको स्रोतले जानकारी दिएको आजको नयाँ पत्रिकामा समाचार छ ।
के खाजा खान्छन् मन्त्रीले ?
मन्त्रिपरिषदको बैठक बस्दा मन्त्रीहरुले आफ्नो रुचि अनुसार मांसाहारी, साकाहारी तथा फलफूलको व्यवस्था गर्ने गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।