२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी अनुगमनमा भारतीय सुरक्षाकर्मी



अ+ अ-

बुटवल, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित भ्रमणको सुरक्षा व्यवस्थाबारे जानकारी लिन भारतीय विशेष सुरक्षा टोली सोमबार लुम्बिनी आएको छ । टोली लुम्बिनीको भूगोल र सुरक्षा तयारीबारे जानकारी लिएर सोमबारै काठमाडौं फर्किएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भम्रण गर्ने चर्चा छ । उनको भ्रमणमा गर्नुपर्ने सुरक्षा व्यवस्था र अहिलेको तयारीबारे भारतीय टोलीले जानकारी लिएको लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी गणेश केसीले बताए ।
विशेष सुरक्षा टोलीले मायादेवी मन्दिरदेखि विकास कोषको मैदानसम्म स्थलगत अध्ययन गरेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ । एसएसपी केसीका अनुसार भारतीय टोलीले लुम्बिनीमा हुने सुरक्षा तयारी तथा लोकेसनबारे जिज्ञासा राखेको थियो ।
टोलीले मोदीको भ्रमणका क्रममा सीमासहित सो क्षेत्रमा हुने सुरक्षा तयारीबारे पनि जिज्ञासा राखेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ । भारतीय टोलीसँगै नेपाली सुरक्षा निकायका अधिकृतहरूसमेत काठमाडौंबाट सँगै लुम्बिनी आएका थिए ।
दुई देशका सुरक्षा अधिकारीबीच मोदीको भ्रमणका क्रममा सुरक्षा व्यवस्था तथा त्यसअघिको निगरानी योजनाबारे पनि छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार सुरक्षा तयारीबारे ब्रिफिङपछि भारतीय टोलीले सहकार्यबाट थप सुरक्षा योजना बनाउने बताएको थियो । छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।