२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

लुम्बिनी अनुगमनमा भारतीय सुरक्षाकर्मी

लुम्बिनी अनुगमनमा भारतीय सुरक्षाकर्मी
अ अ+ अ-

बुटवल, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित भ्रमणको सुरक्षा व्यवस्थाबारे जानकारी लिन भारतीय विशेष सुरक्षा टोली सोमबार लुम्बिनी आएको छ । टोली लुम्बिनीको भूगोल र सुरक्षा तयारीबारे जानकारी लिएर सोमबारै काठमाडौं फर्किएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भम्रण गर्ने चर्चा छ । उनको भ्रमणमा गर्नुपर्ने सुरक्षा व्यवस्था र अहिलेको तयारीबारे भारतीय टोलीले जानकारी लिएको लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी गणेश केसीले बताए ।
विशेष सुरक्षा टोलीले मायादेवी मन्दिरदेखि विकास कोषको मैदानसम्म स्थलगत अध्ययन गरेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ । एसएसपी केसीका अनुसार भारतीय टोलीले लुम्बिनीमा हुने सुरक्षा तयारी तथा लोकेसनबारे जिज्ञासा राखेको थियो ।
टोलीले मोदीको भ्रमणका क्रममा सीमासहित सो क्षेत्रमा हुने सुरक्षा तयारीबारे पनि जिज्ञासा राखेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ । भारतीय टोलीसँगै नेपाली सुरक्षा निकायका अधिकृतहरूसमेत काठमाडौंबाट सँगै लुम्बिनी आएका थिए ।
दुई देशका सुरक्षा अधिकारीबीच मोदीको भ्रमणका क्रममा सुरक्षा व्यवस्था तथा त्यसअघिको निगरानी योजनाबारे पनि छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार सुरक्षा तयारीबारे ब्रिफिङपछि भारतीय टोलीले सहकार्यबाट थप सुरक्षा योजना बनाउने बताएको थियो । छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।