२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका नाकामा द्वन्द्वकालमा जस्तै चेकिङ



अ+ अ-

काठमाडौं, २० कार्तिक । आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ । बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ ।
प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ गर्न थालेको छ । तालिमप्राप्त कुकुरले सहयोगमा प्रहरीले बसमा खानतलासी गर्नुका साथै शरीर जाँच गर्छ । सर्वसाधारणले भने सुरक्षाका नाममा प्रहरीले दुःख दिएको गुनासो गर्न थालेका छन् ।

सार्क सम्मेलनको सुरक्षालाई चुस्त बनाउन कडाइका साथ चेकिङ गर्नुपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए । खासगरी तराईका जिल्लाबाट राजधानी आउने बसहरुमा प्रहरीले बढी निगरानी राख्ने गरेको छ ।

थानकोट प्रहरी वृत्तका डिएसपी प्रवीण धितालले सबै बसहरुमा चेकिङ हुने, तर तराईका जिल्लाबाट आउने बसमा थप निगरानी राखिएको बताए । चेकिङकै लागि महानगरीय प्रहरी आयुक्त कार्यालयले थानकोट वृत्तमा थप २० प्रहरी खटाएको छ । फर्पिङ, जागती र बालाजु पनि प्रहरीले जनशक्ति बढाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।