३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाजा पसलमा यौन क्रियाकलाप, आठ जना पक्राउ



अ+ अ-

चितवन २३ कार्तिक । खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुष सहित आठजनालाई समाएको छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
प्रहरीले भरतपुर नगरपालिका वडा नं ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा घरबाट ३६ वर्षकी एक महिला १८ वर्षका दुई युवतीसहित २६ वर्षको एकजना युवकलाई समाएको छ। सो खाजा घरका साहूले केश मिलाउनपर्‍यो भन्दै प्रहरीलाई पाँच हजार रुपैयाँ घूस दिन लागेको पनि प्रहरीको भनाइ छ।
त्यस्तै भरतपुर नगरपालिका वडा नं १० हाकिमचोकमा रहेको प्रियंका खाजा घरबाट प्रहरीले देहव्यपारमा संलग्न भएको आरोपमा थप चारजनालाई पक्राउ गरेको छ। प्रहरीले ३५ वर्षकी एकजना महिला २३ र २४ वर्षका दुई युवती तथा ३५ वर्षका पुरुषलाई समाएको आजको नागरिक दैनिकमा समाचार छ ।