११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको उच्च शिखर उल्टो चढेर संजयले बनाए किर्तिमान



अ+ अ-

सिड्नी , नेपाली युवा आरोही सन्जय पण्डीतले अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो चढेर नया किर्तिमान बनाएका छन । लामो दुरीका धावकका रुपमा चिनिएका सन्जय पछिल्लो समयमा किर्तिमानी आरोहीका रुपमा स्थापीत हुन पुगेका छन । यस अघि उनले अफ्रीकाको चुचुरोमा छिटो चढेर र युरोपको सवोच्च शिखरमा अर्धनग्न रहेर किर्तिमान बनाएका थिए ।

अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्कोलाई उल्टो हिडेर छिचोल्ने क्रममा संजयले ५ घन्टा ४५ मिनेट लगाएका थिए । उनले करिब ६ घण्टाको कठिन यात्रा पछि चुचुरोमा चन्द्रसुर्य अंकित झण्डा फरफराएका थिए । उनको यो किर्तिमानी आरोहणमा सिड्नीका सन्चारकर्मी र ब्यवशायिले पनि साथ दिएका थिए ।बिश्वको सातै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपाधिका लागि प्रयत्नरत सन्जयले एशिया,युरोप,अफ्रीका र अस्टे«लियाको उच्च शिखरको सफल आरोहण गरिसकेका छन । अब आफ्नो लक्ष्य अमेरिकाको डेनाली रहेको उनी बताउछन् ।

नेपालवाटै अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो हिडेर आरोहण गर्ने घोषणा गर्दा पुरा गर्न सकिन्छकी सकीदैन भन्ने लागेको थियो तर त्यो सम्भव भयो ,सन्जयले सफल आराहेणपछि बताए । सुल्टो चढ्न खासै कठिन नभएपनि उल्टो चढ्न भने निक्रै कठिन हुने उनको अनुभव छ । यो सम्भवत बिश्वकै नया किर्तिमान हुन सक्छ, आज सम्म कसैले उल्टोवाट यो हिमाल आरोहण गरेको छैन, त्यसैले पनि यसलाई मैले् कर्तिमानका रुपमा लिएको छु ,उनले भने । हामी भिडियो र फोटोसहितको प्रमाण सहित गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि निकट भबिष्यमा पठाउने छु , सन्जयले सुनाए ।सफल आरोहण पछि सन्जयलाई अस्ट्रेलियाको क्यानबेरास्थीत नेपाली राजदुतावासमा राजदुत रुद्र नेपालले बधाइ दिदै खादाले सम्मान गरेका थिए । उनको किर्तिमानी आरोहणदलमा पुराना क्यामरापर्सन शयम्भुराज डंगोलले छायांकन, पवन दाहालले र पारस सुबेदी सम्मीलित रहेका थिए । यसअघि सन्जयले सगरमाथा र मनास्लु लगायतका चर्चित हिमालको सफल आरोहण गरिसकेका छन ।

बिश्वको सर्बोच्च शिखर सगरमाथा दुइ पटक छिचोलेका सन्जयले त्यसपछी भने दिमागमा सेभेन समिट अर्थात सातै माहादेशका सर्बोच्च शिखर चढने निर्णय लिए । त्यसपछि उनले अफ्रीकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्बोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नया बिश्व किर्तिमान कायम गरे । यस पटक उनले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्कोको उल्टो आरोहण गरेर थप किर्तिमान कायम गरेका छन ।