२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य सडक छेउ फोहोर फाल्ने महानगरको निगरानीमा



अ+ अ-

काठमाडौं, ८ मंसिर । रातीको समयमा कसैले नदेख्ने गरी सडक छेउ वा चोक र गल्लीमा फोहर फाल्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् । तपाईले फालेको फोहोरको प्रकृति हेरी कारबाही हुनेछ । उपत्यकाभित्रका नगरपालिकाले फोहर फाल्नेलाई कारबाही गर्न २४ घण्टा नै अनुगमन गरिरहेको छ ।
तपाईले फालेको फोहोरले सहरको सुन्दरतामा असर पार्नुका साथै वातावरण प्रदुषण हुने भएकाले जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न सुरु भएको छ ।
‘काठमाडौ महानगरपालिकाले हरेकदिन गर्ने अनुगमनका क्रममा धेरैजना कारबाहीमा परिरहेका छन्,’ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले भने, ‘फोहोर फाल्नेलाई तत्कालै कारबाहीको पत्रसहित पक्राउ गरी फोहोरमैला ब्यवस्थापन ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइँदै आएको छ ।’
उनका अनुसार हरेक राति उपत्यकाका सडक, चोक र गल्लीमा बढी फोहर फालिने गरेको छ । फोहोर फाल्नु हुँदैन भन्ने जान्दाजान्दै पनि बुझपचाएर फोहोर फाल्ने गरेको पाइएको उनी बताउँछन् । अनुगमनका क्रममा उपत्यकाका मुख्य सडकका आसपासको क्षेत्रलार्य मात्रै पहिलो चरणमा राखिएको छ ।
गत तीन दिनदेखि सुरु गपिरएको अनुगमनको अभियालाई निरन्तरता दिई दीर्घकालिन बनाउने तयारीमा महानगरपालिका रहेको छ । घरेलु फोहोरलाई ब्यवस्थापनका लागि विभिन्न उपायबारे सहरबासीलाई जानकारी गराईसकिएको बताउँदै अधिकृत श्रेष्ठले भने, ‘नेपालमा परिवर्तन गर्न सम्भव छ भन्ने कुरा पछिल्लो समयमा सार्कको तयारीका लागि भएका गतिविधिले प्रष्ट पारेकाले उपत्यकावासीले आफ्नो घरसँगै टोलको सरसफाइमा पनि चासो देखाउनु आवश्यक छ ।’
आसन्न १८ औं सार्क शिखर सम्मेलनको तयारीका क्रममा उपत्यकालाई सफा सहरको रुपमा चिनाउँन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।