९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको मुखमा कपडा बाँधेर बलात्कार



अ+ अ-

रौतहट, ८ मंसिर । रौतहटको बैरिया ५ मा एक विवाहित महिला बलात्कृत भएकी छिन् ।
लालबकैया नदीको बाँध छेउमा गाउँकै २७ वर्षीय शेख मोविनले लछारपछार गरी बालात्कार गरेको प्रहरीले जनाएको छ । गहुँको बिउ छर्न खेत तयार गर्न एक्लै जाँदै गरेको मौका छोपी पूर्व गाविस अध्यक्षका कान्छा छोरा मोविनले ती महिलाको मुखमा कपडा बाँधी बलात्कार गरेको पीडित महिलाले बताइन् ।
पीडितका श्रीमान भारतको सितामढी जिल्लाको बैरगनियास्थित मदर्शामा धार्मिक गुरुको रुपमा कार्यरत छन्। सुरुमा गाउँका केही टाठाबाठाहरुले मुद्दालाई गाउँमै सामसुम पार्ने प्रयास गरेका थिए। घटनापछि पीडित महिलाले श्रीमानलाई टेलिफोन गरी सबै कुरा बताएकी थिइन् । आइतबार घर पर्केका पीडित महिलाका श्रीमानले दोषीलाई कडा कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना ढिलोगरी सार्वजनिक भएको आजको नागरिक दैनिकमा समाचार छ ।