११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युग्स



अ+ अ-

सिड्नी । खेलको दौरानमा गम्भिर घाइते भएका अष्ट्रेलियाका चर्तित क्रिकेटर फिलिप ह्युग्सको निधन भएको छ । उनी दक्षिण अष्ट्रेलिया र दक्षिण वेल्सबीचको खेलमा मंगलबार ब्याटिङ गर्ने घाइते भएका थिए ।
न्यु साउथ वेल्सका बलर सिन एबटको (सर्ट पीच)को बलले कानको पछाडि हेल्मेट छलेर उनलाई लागेको थियो ।
१४० किलोमिटर प्रतिघण्टाको रफ्तारको बलले लागेपछि घाइते भएका उनलाई लगत्तै स्ट्रेचरमा राखी अस्पताल पुर्‍याइएको थियो
। २५ वर्षका क्रिकेटर ह्युग्सलाई अस्पतालको कोमामा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सिड्नीमा उनको निधन भएको हो ।