२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

व्रिसवेनमा दशककै शक्तिशाली आँधी, ५० हजार घर अन्धकार

व्रिसवेनमा दशककै शक्तिशाली आँधी, ५० हजार घर अन्धकार
अ अ+ अ-

व्रिसवेन । क्वीन्सल्याण्डको दक्षिण पश्चिमी क्षेत्र व्रिसवेनमा आएको दशककै ठूलो आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
१ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लाखौं डलरको क्षति भएको छ भने मानवीय क्षतीको विवरण आइसकेको छैन । यद्यपि स्थानीय प्रहरीले अहिलेसम्म मानवीय क्षति नभएको दावी गरेको छ । प्रहरीका अनुसार घटनामा १२ जना घाइते भएका छन् । आँधी सँगै ठूला ठूला असिना पनि परेपछि जनजीवन अस्तव्यस्त बनेको थियो ।
ठूलो प्राकृतिक विपद आएपछि सरकारले उद्दार र सफाईका निम्ति सेना परिचालन गर्ने निर्णय गरेको छ । आँधीका कारण अझै ५० हजार घरहरु अन्धकार भएका छन् । त्यहाँ रहेका लाखौं स्थानीयहरुले विजुलीविना नै रात कटाउनु परेको छ ।
कयौं यातायातका साधनहरुमा क्षति पुगेको छ ।
ब्रिसबेनको मुख्य केन्द्रसहित अन्य ठाउँको क्षतिको विवरण संकलन कार्य जारी रहँदा कम्तिमा १ सय मिलियन डलरभन्दा बढीको क्षती भएको अनुमान छ ।
गर्मीको मौसममा समेत यस किसिमको आँधी, हावाहुरी र साथै असिना पर्दा स्थानीयहरु अन्यौलमा परेका छन् । जलवायु परिवर्तनका कारण यस्तो भएको हुन सक्ने विज्ञहरुको अनुमान छ ।
सरकारले विद्युत सुचारु गर्ने प्रयत्न गरिरहेको छ । जस अनुसार १ सय २० जना कर्मचारी यसैमा खटिएको स्थानीय सरकारले जनाएको छ ।