२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको ह्याट्रिकमा बार्सिलोना विजयी



अ+ अ-


एजेन्सी, २२ मंसिर । अर्जेन्टिनी तथा वार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीको ह्याट्रिकसँगै वार्सिलोनाले स्पानियोललाई ५–१ ले हराएको छ ।
गएराती भएको खेलमा वार्सिलोनाले स्पानियोललाई हराएको हो ।
जितसँगै बार्सिलोना ३४ अंकसहित लिग अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।
पहिलो स्थानको रियल म्याड्रिडको ३६ अंक छ । १३ औं मिनेटमा गोल खाएर पछि परेको बार्सिलोनाका लागि मेसीले पहिलो हाफ सकिनै लाग्दा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने वार्सिलोनाले थप चार गोल गर्न सफल भयो । जसमा मेसीले थप दुई गोल गरी ह्याट्रिक पुरा गरे ।
मेसीले ५० औं र ८१ औं मिनेटमा गोल गर्दै ला लिगामा ह्याट्रिक संख्या २१ पुर्‍याए । बार्सिलोनाका लागि जेरार्ड पिकेले ५३ औं र सब्सिच्युटका रुपमा ७० औं मिनेटमा मैदान छिरेको ७ मिनेटपछि पेड्रोले एक गोल गरे ।
मेसीले जारी प्रतियोगितामा प्रतिस्पर्धी रियल म्याड्रिडका स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई पछ्याईरहेका छन् ।
आइतबार रातीको खेलमा इस्पानियोलविरुद्ध ह्याट्रिक गरेका मेसीको लालिगामा ह्याट्रिक संख्या २१ पुगेको छ । शनिबार रातीको खेलमा रोनाल्डोले २३ औं ह्याट्रिक गरेका थिए ।
भिल्ला रियल र सेभिल्ला बिजयी
स्पेनिस ला लिगाका आइतबार रातीकै अरु खेलमा भिल्ला रियल र सेभिल्ला बिजयी भएका छन् । भिल्ला रियलले रियल सोसिडाडलाई ४–० ले हरायो । सेभिल्लाले भने रायो भलकानोलाई १–० ले पराजित गर्‍यो । ग्रानडा र भ्यालेन्सियाबीचको खेल एक एकको बराबरीमा सकियो ।




भर्खरै