४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतबाट फर्केर बाख्रापालन व्यवसायमा



अ+ अ-

बागलुङ, २४ मंसिर । विदेश छिरेका खुङ्गा गाविसका युवा स्वदेश फर्केर व्यावसायिक बाख्रापालनतिर लागेका छन् । रोजगारीका लागि कुवेत पुगेका खुङ्गा–२ का गणेश थापा, लिलाजङ छन्त्याल्लगायतले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

विदेशमा खर्चने जति दुःख र मेहनतले स्वेदशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वासका साथ युवाहरूले व्यावसायिक बाख्रापालन गर्न थालेका हुन् । खुङ्गा–२ मा ढोरपाटन कृषि तथा पशुपालन समूह बनाएर उनीहरू कृषि उद्यमतिर अग्रसर बनेको समूहका अध्यक्ष गणेश थापाले जानकारी दिए ।

पहिलो चरणमा २५ वटा स्थानीय जातका बाख्राबाट व्यवसाय सुरु गरेकोमा अहिले बाख्राका सङ्ख्या थपिएको छ । स्थानीय नौजना युवाहरू समूहमा आवद्ध भएपनि बाख्रापालनका लागि चारजनाले लगानी गरेका छन् । सुरुमा रु चार लाख १७ हजार लगानी भएको अध्यक्ष थापाले बताए ।

बाख्रा विस्तार गर्ने, बजारीकरण गर्नेसँगै व्यावसायिक तरकारी खेती पनि सुरु गर्ने तयारीमा रहेको बताइएको छ । समूहले व्यवसायबाट आउने कुल नाफाको ५० प्रतिशत समुदाय विकासमा खर्चने उद्देश्य पनि राखेको छ । बाख्रापालन सुरु भएपछि दुई जना स्थानीयले रोजगारीसमेत पाएका छन् ।

व्यावसायिक कृषि अपनाउने समूहलाई अनुदान, प्रविधि सहयोग गरिने कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताए ।