• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा

४६ विद्यार्थीले पाए अष्ट्रेलियामा छात्रबृति



काठमाडौं । नेपालमास्थित अस्ट्रेलियन दूतावसले ४६ जना नेपाली विद्यार्थीहरुलाई यस वर्षको छात्रबृत्ति र विद्धत्वबृत्ति दिएको छ ।
सन् २०१५ मा अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि ४६ जना नेपाली विद्यार्थीलाई यो पुरस्कार दिइएको हो ।
राजधानीमा भएको कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेल र नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन वाइटले संयुक्त रुपमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे ।
छात्रबृत्ति प्रदान कार्यक्रममा मुख्यसचिव पौडेलले विकसित मुलुकमा यस प्रकारले उच्च शिक्षा लिन पाउने नेपालीले फर्केर स्वदेशको विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए । उनलेले छात्रबृति पाएका विद्यार्थीहरुको अध्ययन सफलताको शुभकामना दिए ।
अष्ट्रेलियन राजदुत ग्लेन वाइटले छात्रबृति कार्यक्रमले नेपालमा उच्च शैक्षिक जनशक्ति भित्र्याउन मद्दत गर्ने बताए । उनले आगामी वर्षहरुमा छात्रबृतिको कोटाहरु बढाउँदै लगिने जानकारी दिए ।
शिक्षा, जिविकोपार्जन, सार्वजनिक नीति, प्राकृतिक स्रोत ब्यवस्थापन, वन ब्यवस्थापन, बाल मनोविज्ञान र अपाङ्गताजस्ता विषयमा नेपाली विद्यार्थीहरुले अष्ट्रेलियन विश्वविद्यालयमा अध्ययन गर्ने गरेका छन् ।
छात्रबृति पाएका ४६ जनामध्ये २० जना महिला र १० जना सरकारी कर्मचारीहरु रहेका छन् । हरेक वर्ष अष्ट्रेलियन सरकारले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रबृति दिदै आएको छ ।
यस्तो छात्रबृति स्नातकोक्तर र पिएचडी तहको अध्ययनको लागि प्रदान गर्ने गरिन्छ । अष्ट्रेलियन सरकारले तीन महिनादेखि एक वर्ष अवधिका छोटो तालिमहरु पनि उपलब्ध गराउँदैं आएको छ ।
अस्ट्रेलियन सरकारले सन् १९६० देखि हालसम्म करिब ५०० भन्दा बढी नेपालीलाई छात्रबृत्तिको सुविधा प्रदान गरिसकेको छ । यस बाहेक पनि पछिल्लो समय धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनका लागि निकै आकर्षित हुने गरेका छन् ।