• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम भयोः ओली ★   सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता, एमालेका कुसियत भन्दा १३६ मतले अघि ★   सत्तारुढ गठबन्धनलाई अगाडी बढाउने पक्षमा नेकपा एस ★   कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो ★   २०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ ★   नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि ★   समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ? ★   ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही ★   अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ पनि आयोः ओली ★   सबै दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए: पूर्वसचिव शारदाप्रसाद त्रिताल

४६ विद्यार्थीले पाए अष्ट्रेलियामा छात्रबृति



काठमाडौं । नेपालमास्थित अस्ट्रेलियन दूतावसले ४६ जना नेपाली विद्यार्थीहरुलाई यस वर्षको छात्रबृत्ति र विद्धत्वबृत्ति दिएको छ ।
सन् २०१५ मा अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि ४६ जना नेपाली विद्यार्थीलाई यो पुरस्कार दिइएको हो ।
राजधानीमा भएको कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेल र नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन वाइटले संयुक्त रुपमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे ।
छात्रबृत्ति प्रदान कार्यक्रममा मुख्यसचिव पौडेलले विकसित मुलुकमा यस प्रकारले उच्च शिक्षा लिन पाउने नेपालीले फर्केर स्वदेशको विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए । उनलेले छात्रबृति पाएका विद्यार्थीहरुको अध्ययन सफलताको शुभकामना दिए ।
अष्ट्रेलियन राजदुत ग्लेन वाइटले छात्रबृति कार्यक्रमले नेपालमा उच्च शैक्षिक जनशक्ति भित्र्याउन मद्दत गर्ने बताए । उनले आगामी वर्षहरुमा छात्रबृतिको कोटाहरु बढाउँदै लगिने जानकारी दिए ।
शिक्षा, जिविकोपार्जन, सार्वजनिक नीति, प्राकृतिक स्रोत ब्यवस्थापन, वन ब्यवस्थापन, बाल मनोविज्ञान र अपाङ्गताजस्ता विषयमा नेपाली विद्यार्थीहरुले अष्ट्रेलियन विश्वविद्यालयमा अध्ययन गर्ने गरेका छन् ।
छात्रबृति पाएका ४६ जनामध्ये २० जना महिला र १० जना सरकारी कर्मचारीहरु रहेका छन् । हरेक वर्ष अष्ट्रेलियन सरकारले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रबृति दिदै आएको छ ।
यस्तो छात्रबृति स्नातकोक्तर र पिएचडी तहको अध्ययनको लागि प्रदान गर्ने गरिन्छ । अष्ट्रेलियन सरकारले तीन महिनादेखि एक वर्ष अवधिका छोटो तालिमहरु पनि उपलब्ध गराउँदैं आएको छ ।
अस्ट्रेलियन सरकारले सन् १९६० देखि हालसम्म करिब ५०० भन्दा बढी नेपालीलाई छात्रबृत्तिको सुविधा प्रदान गरिसकेको छ । यस बाहेक पनि पछिल्लो समय धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनका लागि निकै आकर्षित हुने गरेका छन् ।