• २० मंसिर २०७९, मंगलवार
  •      Tue Dec 6 2022
Logo
Latest
★   मन्त्रिपरिषद् बैठक: मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको धारणा ★   गाडी ,मोटरसाइकल, मोबाइल, मदिरा को आयात खुल्ला ★   प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने ★   राष्ट्रिय दल बन्न नेकपा एसलाई साढे १८ हजार मत पुगेन ★   महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’ ★   रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट ★   चिया पनि ‘चक्लेटी’ स्वादमा ★   राम्रो कामका लागि गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्दछः महासचिव भुसाल ★   वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु ★   विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित

विप्लव पक्षद्वारा नुवाकोट कार्यालय कव्जा



biplovनुवाकोट, २८ मंसिर । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी विभाजित भएपछि नेत्रविक्रम चन्द पक्षले नुवाकोटको पार्टी कार्यालय कव्जा गरेकोे छ ।
चन्द पक्षले विदुर नगरपालिका वडा नं. ४ मा रहेको पहिलेको पार्टी कार्यालय कव्जा गरेपछि नेकपा–माओवादी विदुर नगरपालिका वडा नं. ३ मा रहेको एक घरमा भाडामा सरेको छ ।

पहिलेको पार्टी कार्यालय नखोल्न चेतावनी आएपछि पुरानो पार्टी कार्यालयको सम्पुर्ण कागजपत्र र सामान छाडिएको बैद्य माओवादीका एक जिल्ला सदस्यले वताए । मातृ पार्टी एनेकपा माओवादीका जिल्लावासी केन्द्रीय उपाध्यक्ष पोष्टवहादुर वोगटीको निधनपछि विचलित दुवै पार्टीका कार्यकर्ताहरु नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ ।

चन्दको नेकपा माओवादीमा पहिले वैद्य पक्षका संयोजक माइला लामा, सेक्रेटरी मीना वाइवा, सचिवालय सदस्यहरु नारायण नेपाल, सज्जन तामाङ, वलराम गजुरेललगायतका २६ जना सक्रिय कार्यकर्ता लागेको जनाइएको छ ।

विप्लवको नयाँ पार्टीमा बैद्य माओवादी नुवाकोटका इञ्चार्ज माइला लामासहित तीन दर्जन कार्यकर्ता प्रवेश गरेको जनाइएको छ ।

एकीकृत नेकपा माओवादीका एक दर्जन कार्यकर्ताहरु पनि गोप्य भेला गरी चन्द पार्टीमा प्रवेश गरेको श्रोतले बताएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ र ३ मा विजयी एनेकपा माओवादी गत २०७० सालको निर्वाचनमा तीनै क्षेत्रमा पराजित भई तेश्रो स्थानमा झरेको थियो ।