२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

पृथ्वी जयन्तीमा विदा दिन राप्रपा नेपालको माग

पृथ्वी जयन्तीमा विदा दिन राप्रपा नेपालको माग
अ अ+ अ-

काठमाडौं, २८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पृथ्वी जयन्तीका दिन सार्बजनिक विदा दिन सरकारसँग माग गरेको छ ।
अध्यक्ष कमल थापाको नेतृत्वमा गएको उच्चस्तरीय प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भेटवार्ता गरी पौष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
भेटवार्ताको क्रममा संविधान निर्माणको सम्बन्धमा पनि कुराकानी भएको राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालका अध्यक्ष थापाले निर्धारित समयभित्र संविधान निर्माण हुनुपर्ने र त्यो संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र सुनिश्चित हुनुपर्ने आफ्नो पार्टीको अडान प्रधानमन्त्री समक्ष राखेका छन् ।
थापाले सहमति निर्माणको क्रममा मुलुकको चौथो महत्वपुर्ण राजनीतिक शक्तिलाई निषेध गरिएको बिषयलाई आफुहरुले गम्भिरतापूर्वक लिएको पनि वताए ।
भेटवार्ताको क्रममा हालै वेलायती राजदुतले धर्म परिवर्तन गर्ने÷गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
जवाफमा प्रधानमन्त्री कोइरालाले मुलुक गम्भिर मोडमा रहेकाले सकेसम्म सहमतिबाटै संविधान निर्माण गर्ने, सहमतिका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने, नभए विधि र प्रक्रियाबाट भएपनि माघ ८ गतेभित्र संविधान जारी गर्न आफु प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री कोइरालाले निर्धारित मितिमा संविधान जारी नभए मुलुक अस्थिरता तर्फ जान सक्ने खतरा रहेकाले आफुलाई सहयोग गर्न राप्रपा नेपालसँग आग्रह गरे । प्रधानमन्त्री कोइरालाले राप्रपा नेपाललाई निषेध गर्ने आफ्नो नियत र मनसाय नरहेकाले सवैको सल्लाह अनुसार आफु अघि बढ्ने धारणा व्यक्त गरे ।
बेलायती राजदुतको भनाई आपत्तिजनक रहेको भन्दै प्रधानमन्त्री कोइरालाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने र आवश्यक परे राजदुतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने पनि प्रतिनिधिमण्डललाई विश्वास दिलाए ।
राप्रपा नेपालका अध्यक्ष थापाले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संसारभर राष्ट्रनिर्मातालाई इज्जत र सम्मान दिएको प्रसंग उल्लेख गर्दै पृथ्वीनारायण शाहलाई सम्मान दिने विषयमा आफु सकारात्मक रहेको प्रतिक्रिया दिए । राप्रपा नेपालले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधि मण्डलमा राप्रपा नेपालका अध्यक्ष थापा, उपाध्यक्षद्धय टंक ढकाल, निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ्ग र सहप्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए ।