२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलमा लचिलो हुने विषयमा वहस



अ+ अ-

काठमाडौँ, २८ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलमा संविधान विवादित मुद्दालाई टुङ्ग्याउने सम्बन्धमा कति हदसम्म लचिलो हुन सकिन्छ भन्ने विषय केन्द्रित रहेर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संसदीय दलको बैठकमा संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउन कुन–कुन विषयमा कति हदसम्म लचिलो हुने भन्ने सम्बन्धमा सभासद्हरुले आ–आफ्ना धारणा राखेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा प्राप्त प्रस्तावमा सहमति पनि जुटाउन नसकेको र प्रश्नावली पनि नबनाई संविधानसभामा पेस गरेपछिको परिस्थितिमाथि छलफल भएको प्रमुख सचेतक श्रेष्ठले बताए ।

सभासद् एवम् केन्द्रीय सदस्यहरुले निर्धारित मितिमै संविधान जारी गर्न संविधानसभासम्बन्धी नियमावली र संविधानसभाले संविधान निर्माणका लागि पारित गरेको कार्यतालिकालाई संशोधन गरेर भए पनि निर्णयमा पुग्नुपर्ने सुझाव दिएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका विषयमा अन्य दलसँग भएका छलफल र सहमतिबारे जानकारी गराएका थिए ।