• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने ★   बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु ★   नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट ★   अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

हिमपातले जनजीवन कष्टकर



मुस्ताङ, २८ मंसिर । हिमपातका कारण यस जिल्लाको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको तापक्रम अहिले माइनस २ डिग्री सेल्सियसमा झरेको छ ।
सर्वसाधारण जनता बाहिर निस्कन सकिरहेका छैनन् । सरकारी कार्यालय सुनसान भएका छन् । चिसोले सदरमुकाम जोमसोमका होटल र पसल एकदमै कम खुलेको स्थानीय कुलबहादुर थकालीले जानकारी दिए । बाहिर निस्केकाहरु चोकमा आगो बालेर बसिरहेका छन् । चिसोले मुस्ताङमा कुनै पनि उडान हुन सकिरहेको छैन ।
“शनिबार रातिदेखि हिउँ पर्न त रोकिएको छ, तर चिसो झनै बढेको छ, थकालीले भने – “हामीलाई बाहिर निस्कन समस्या परिरहेको छ ।” पानीसँगै शनिबार दिउँसो २ बजेदेखि हिमाली जिल्ला मुस्ताङका सबै भूभागमा हिमपात भएको थियो । उपल्लो मुस्ताङको चराङ, सुर्खाङ, घमी, लोमान्थाङ, छुसाङ र छोण्हुपलगायतका गाविसमा भने अझै हिउँ पग्लन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, अन्य क्षेत्रमा हिउँ पग्लिन सुरु भए पनि उपल्लो क्षेत्रमा हिमपात जारी छ । सदरमुकाम जोमसोम, कागबेनी, मार्फालगायत तल्लो क्षेत्रमा हिउँ पग्लन सुरु भएको प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिनुभयो । हिमपातका कारण जोमसोम–बेनी सडकमा सवारी साधन सञ्चालन आउन सकेका छैनन् ।